उद्योगको विद्युत रकम नउठ्दा कर्मचारी कुटिए, वक्यौता तिरेनन् भने कति बैंक डुब्छन् थाहा छैनः घिसिङ

काठमाडौँ । सर्वसाधारणको घरमा विद्युत कटौति गर्न जाँदा विद्युत प्राधिकरण कर्मचारीलाई कुटेर पठाएको प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले लेखा समितिमा गुनारो गरेका छन् । आज भएको छलफलमा बोल्दै घिसिङले ठुला ठुला उद्योगको पैसा नउठाएको भन्दै कर्मचारीलाई सर्वसाधारणले कुटेर पठाएको...


झापाको दुर्गापुरमा प्रभु बैंकको शाखा सञ्चालनमा

काठमाडौँ । झापाको कनकाई नगरपालिका–७ मा प्रभु बैंकको दुर्गापुर शाखा सञ्चालनमा आएको छ । दुर्गापुरमा झापाको पाँचौं र देशभरको ३१४ औं शाखाको सञ्चालनमा आएको हो । बैंकका सञ्चालक समिति अध्यक्ष लीलाप्रकाश सिटौलाले शाखाको बिहीबार उद्घाटन गरीएको हो । कार्यक्रममा...


नेपाल एसबिआई बैंकद्वारा कालिका भगवती मन्दिरलाई आर्थिक सहयोग, बागलुङ तथा सृजनाचोक शाखा स्थानान्तरण

काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडले बाग्लुङ नगरपालिका स्थित कालिका भगवती मन्दिरलाई सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत तिर्थालुहरुको सहजताका लागी आर्थिक सहयोग गरेको छ । कार्यक्रममा बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले कालिका भगवती गुठी व्यवस्थापन...


कामना सेवा विकास बैंकको डिजिटल बैंकिङ सेवा अवरुद्ध हुने

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडको डिजिटल बैंकिङ सेवा अवरुद्ध हुने भएकोछ । System Maintenance  गर्नुपर्ने भएकोले साउन १८ गते शुक्रबार राती १०ः०० बजेदेखि १९ गते शनिबार बिहान ४ः०० बजेसम्म सेवा अवरुद्ध हुने भएको हो । सो समयमा...


पुरानो नगद लाभांश बुझिलिन एभरेष्ट बैंकको आग्रह

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले पुरानो नगद लाभांश रकम बुझिलिन शेयरधनीहरुलाई आग्रह गरेको छ । विगतका विभिन्न साधारणसभाले पारित गरेको लाभांश रकम बुझिलिन आग्रह गरेको हो । बैंकले लाभांश पुर्जा लिई भुक्तानी लिन बाँकी र हालसम्म पनि लाभांश पुर्जा...


गल्फ एक्सचेन्जको रेमिटेन्स एपबाट ग्लोबल रेमिट मार्फत सहजै नेपालमा पैसा पठाउन सकिने

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र कतारमा अवस्थित गल्फ एक्सचेन्ज कम्पनीबिच कतारबाट नेपालमा सहज रुपमा रेमिटेन्स पठाउनेसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार रोजगारको सिलसिलामा कतारमा रहनुभएको नेपालीहरुले गल्फ एक्सचेन्जको १७ वटा शाखा तथा गल्फ एक्सचेन्जको रेमिटेन्स एपबाट ग्लोबल...


हिमालयन लघुवित्तको नाफामा २४% गिरावट, खराब कर्जा बढ्यो

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडल गत वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सो विवरण अनुसार गत वर्ष कम्पनीको नाफा २४ दशलमव ८१ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष १ करोड ४१ हजार रुपैयाँ नाफा...


निफ्राको १ लाख ८ हजार कित्ता शेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

काठमाडौं । नेपाल इन्फ्रान्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनी एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा रहेको १ लाख ८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । बैंकले यसअघि असार...


प्रभु बैंक विरुद्ध झापामा सशक्त आन्दोलन, घेराउपछि बिर्तामोड शाखा कार्यालय बन्द

काठमाडौं । प्रभु बैंक लिमिटेडको विर्तामोड शाखा कार्यालयलाई जनताहरुले घेराउ गरेका छन् । सोही ठाँउकी मन्जु कुमारी नेपालको मुद्दती निक्षेपमा राखेको नगद नै गायब पारी दिएपछि बैंकको उक्त शाखा कार्यालय नागरिकहरुले घेराउ गरेका हुन् । बैंकमा पीडित नेपालले ६...


मौद्रिक नीतिमा घोषित बिषयहरु क्रमशः अर्को सर्कुलरमा आउँछ: प्रवक्ता राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा भएका व्यवस्था लागू गर्न परिपत्र जारी गर्न सुरु गरेको छ। मौद्रिक नीतिमा समेटिएको बिषयहरुमा केन्द्रिय बैंकले परिपत्र जारी गरेपनि सेयर धितो कर्जामा संस्थागत लगानीकर्तालाई दिएको छुटमा भने तत्कालका लागि कुनै निर्णय भने...


फेदीखोला हाईड्रोमा राष्ट्रिय वाणिज्य बैंकले ऋण लगानी गर्ने

काठमाडौँ । फेदीखोला हाईड्रो पावर कम्पनी प्राइभेट लिमिटेड र राष्ट्रिय बाणिज्य बैंककाबीचमा साउन १७ गते फेदीखोला (थुम्लुङ्ग) जलविद्युत् आयोजना ४.३ मे.वा. मा ऋण लगानी गर्ने सम्झौता भएको छ । सम्झौतामा बैंकका तर्फबाट पुर्वाधार बैकिङ्ग विभाग प्रमुख दामोदर ज्ञावाली र...


प्रभु बैंकको मुद्दती खाताबाट एक करोड १९ लाख बेपत्ता, पीडितद्वारा प्रहरीमा उजुरी

काठमाडौं । प्रभु बैंकमा मुद्दती निक्षेपमा रकम राखेर अमेरिका पुगेर फर्केका एक व्यक्ति प्रभु बैंकका कारण सडकमा पुगेका छन् । अमेरिका जानु अघि एक करोड १९ लाख रुपैयाँ प्रभु बैंकको मुद्दती खातामा जम्मा गरेर अमेरिका गएकी झापा विर्तामोडकी मन्जु...


समाज लघुवित्तद्वारा विशेष साधारण सभा आह्वान्, यस्ता छन् प्रस्ताव

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको साउा १७ गते बसेको बैठकको निर्णयले सभा यहि महिनाको ३२ गते सर्लाहीमा आह्वान गरेको हो । सभा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभाले...


कामना सेवा विकास बैंकको ५१ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले केही संस्थापक शेयरधनीहरूको नाममा रहेको ५१ हजार ५३४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । यो शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीद गर्न...


राष्ट्र बैंकद्धारा चालुपुँजी कर्जा मार्गदर्शन संशोधनः भेरियन्ससम्बन्धी व्यवस्थामा राहत

काठमाडौं । व्यवसायीहरुलाई राहत हुने गरी राष्ट्र बैंकले चालुपुँजी कर्जा मार्गदर्शनको भेरियन्ससम्बन्धि व्यवस्था व्यवस्थो संसोधन गरेको छ । यो निर्देशन पश्चात् कारोबारमा ह्रास आएका व्यवसायीहरू राहत पाउनेछन् । केन्द्रिय बैंकले चालुपुँजी कर्जा मार्गदर्शनको व्यवस्था संशोधन गरेको छ । बुधवार...


मौद्रिक नीतिको व्यवस्था कार्यान्वयनः बैंकको प्रोभिजन, बैंकदर र नीतिगत दर हेरफेर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको व्यवस्था कार्यान्वयनको लागि निर्देशिका जारी गरेको छ। आज बैंक तथा वित्तीय संस्थालाई सर्कुलर जारी गर्दे मौद्रिक नीतिमा लिएका व्यवस्थाहरु कार्यान्वयनमा ल्याएको हो। केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई असल कर्जामा १।१० प्रतिशत...


आफ्ना बचतकर्तालाई छिमेक लघुवित्तको दावी भुक्तानी

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय कटारी, उदयपुरले मृत्यु दावी भुक्तानी गरेको छ । उदयपुरगढी गाउँपालिका– १ शिखरपुरकी स्वर्गीय तिलक कुमारी मगरको मृत्यु भएपछि बीमावापतको २ लाख रुयैयाँ नगद हस्तान्तरण गरिएको हो । उक्त नगद रकम...


कुमारी बैंकका ग्राहकलाई डिआइ स्किन हस्पिटलमा विशेष छुट

काठमाडौँ । कुमारी बैंक लिमिटेड र गोल्फूटार काठमाडौँ स्थित डिआइ स्किन हस्पिटल प्रा.लि. तथा डिआइ डेन्टल केयरबीच बैंकका ग्राहकहरुलाई हस्पिटलहरुबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले सो...


सिटिजन्स बैंक र सूर्य हस्पिटलबीच छुट सम्बन्धी सम्झौता

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र वीरगंज, पर्सा स्थित सूर्य हस्पिटल प्रा.ली बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्र अनुसार सिटिजन्स् बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले सूर्य हस्पिटल प्रा.ली मा...


विन नेपाल लघुवित्तको डिसीईओमा दिपेन्द्र खतिवडा नियुक्त

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृतमा दिपेन्द्र खतिवडालाई नियुक्त गरिएको छ । कम्पनी सञ्चालक समितिको बैठकले साउन १५ गतेदेखि लागु हुनेगरी सिन्धुपाल्चोक जिल्ला, मेलम्ची नगरपालिका–१० का खतिवडालाई डिसीईओमा नियुक्त गरेको हो । नवनियुक्त...