नेपाल रिको सञ्चालकमा महेश बराल नियुक्त
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) को सञ्चालक पदमा महेश बराल नियुक्त भएका छन्। अर्थ मन्त्रालयको साउन १२ गतेको अर्थमन्त्रीस्तरीय निर्णयले अर्थ मन्त्रालयका सहसचिव महेश बराललाई कम्पनीको सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो। यसै अनुसार बराललाई...
सुनचाँदीको भाउ बढ्यो, अब प्रतितोला कति?
काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदीको भाउ बढेको छ। यस दिन सुन प्रतितोला १४०० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९४ हजार ४०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन...
रूसमा ८.८ म्याग्निच्यूडको शक्तिशाली भूकम्प, अमेरिका र जापानमा सुनामीको चेतावनी
काठमाडौं । रूसको पूर्वी तटीय क्षेत्रमा बुधबार ८.८ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएसँगै प्रायद्वीपका धेरै क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको छ। रूसको सुदूरपूर्वमा पर्ने क्यामचाट्का प्रायद्वीपमा भूकम्प गएको हो। यस क्षेत्रमा सन् १९५२ यताकै सबैभन्दा शक्तिशाली भूकम्प मापन गरिएको बताइएको...
कालिका लघुवित्तको नाफा ३६ प्रतिशत बढ्यो, लाभांश क्षमता कति?
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको अघिल्लो आवको तुलनामा गत आव खुद नाफा ३६.४२ प्रतिशतले वृद्धि भएको छ। कम्पनीले अघिल्लो आवको असार मसान्तम्म ७ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएकोमा गत आवको सोही अवधिम्म १० करोड ८०...
डलरको भाउ बढ्यो, अरु मुद्राको विनिमयदर कति?
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको भाउ २४ पैसाले बढेर खरीद मूल्य १३८.६१ रुपैयाँ र बिक्री मूल्य १३९.२१ रुपैयाँ कायम भएको छ। आज एक अष्ट्रेलियन डलरको खरीददर ९०.२० रुपैयाँ र बिक्रीदर ९०.५९ रुपैयाँ, १० जापानिज...
प्रतिकित्ता २३२ रुपैयाँमै सूर्यज्योति लाइफको शेयर बेच्दै एनआईसी एशिया बैंक, सबैले किन्न पाउने
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले उक्त शेयर प्रतिकित्ता न्यूनतम २३२ रुपैयाँमै बेच्न लागेको हो। यसमा आवेदन दिंदा कम्तीमा ५ हजार कित्ता...
आरम्भ चौतारी लघुवित्तको खुद नाफा र ईपीएसमा उछाल, लाभांश क्षमता ५ करोड बढी
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको अघिल्लो आर्थिक वर्ष (आव) को तुलनामा गत आवमा खुद नाफामा उछाल देखिएको छ। कम्पनीले अघिल्लो आवको असार मसान्तसम्म जम्मा ६ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएकोमा गत आवमा ह्वात्तै बढेर ९...
प्रतिकित्ता १०० रुपैयाँमै छ्याङ्दी हाइड्रोको अवितरित शेयर आजदेखि बिक्रीमा, सबैले किन्न पाउने
काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडको २ लाख ९८ हजार ८३२ कित्ता अवितरित हकप्रद शेयर आजदेखि बिक्रीमा आएको छ। कम्पनीले गत जेठ २३ देखि असार २७ गतेसम्म हकप्रद शेयर निष्कासन गरेकोमा आवेदन नपरी बाँकी रहेको उक्त शेयर लिलामी प्रक्रियाबाट बिक्रीमा...
हिमालयन लघुवित्त नाफामा, लाभांश क्षमता ६ करोडमाथि
काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्षको चौथो वित्तीय विवरण अनुसार कम्पनी खुद नाफामा गएको छ। अघिल्लो आवको असार मसान्तसम्म कम्पनी २० लाख खुद घाटामा रहेकोमा गत आवको असार मसान्तसम्म कम्पनीले ९ करोड १७ लाख रुपैयाँ...
झापा इनर्जीको आईपीओ बिक्री खुला, क–कसले कति कित्तासम्म दिन पाइन्छ आवेदन?
काठमाडौं । झापा इनर्जी लिमिटेडले आज साउन १४ गतेदेखि शेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गरेको छ। यसमा १० बजेपछि आवेदन दिन सकिनेछ। यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ९ लाख ५० हजार ४७५ कित्ता आईपीओ निष्कासन गर्न नेपाल...
३५० भन्दा बढि अभिकर्ताको सहभागितामा सन नेपाल एचिभर नाइट २०८२ सम्पन्न
काठमाडौं । जीवन बीमाको माध्यमबाट नेपालीको सुरक्षा सुनिश्चित गर्ने अभिकर्ताहरूको समर्पण र मेहनतको सम्मानस्वरूप सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भव्य कार्यक्रम ‘सन एचिभर्स नाइट २०८२’ सौराहास्थित होटल सेभेन स्टार लिमिटेडमा सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न बिधाहरुमा सर्वोत्कृष्ट हुने...
गभर्नर डा.पौडेल र बैंकका सिईओहरुबीच कुन-कुन बिषयमा भयो छलफल ?
काठमाडौं । मंगलबार राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरूलाई बोलाएर समसामयिक र निति तथा कार्यक्रमको बिषयमा छलफल गरेका छन् । आ.व. २०८२/८३ का लागि जारी गरेको मौद्रिक नीति, दोस्रो वित्तीय क्षेत्र विकास रणनीति...
बोरिङ घोषणापछि विद्युत प्राधिकरण फिल्डमै, मधेसमा सिँचाइका लागि आपूर्तिको रणनीति तय हुँदै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुख्खाग्रस्त मधेसका जिल्लामा तत्कालै ५ सय बोरिङ खन्ने घोषणा गरेपछि त्यसका लागि आवश्यक विद्युत आपूर्तिको अवस्था बुझ्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य स्वयं फिल्डमा खटिएका छन् । उनले जनकपुरधाममा मधेस प्रदेशका...
जीवन बीमा कम्पनीका सिईओहरु नेपाल बीमा प्राधिकरणमा, अध्यक्ष पोखरेलले निर्देशन दिने
काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपालका सबै जीवन बीमा कम्पनीका सिईओहरुलाई बोलाएर छलफल गरेको छ । अर्को अध्यक्ष नहुँदासम्मको लागि अर्थमन्त्रालयबाट खटाइएका सेवन्तक पोखरेलको बिशेष निर्देशनमा सबै जीवन बीमा कम्पनीका सिईओहरुलाई प्राधिकरणमा बोलाइएको हो । बीमा प्राधिकरणमा जीवन बीमाको...
सिँचाइ र ऊर्जाको समन्वयमै समृद्धिको सम्भावना देखिन्छः मन्त्री खड्का
काठमाडौं । ‘आज हामी सिर्जनात्मक परिश्रम, दीर्घकालीन योजना र साझा प्रतिवद्धताको साक्षी भइरहेका छौं । सिँचाइ र ऊर्जाको समन्वयले किसानको जीवनस्तरमा ल्याएको परिवर्तनले यो आयोजना राष्ट्रिय गौरवको योजनाका रूपमा स्थापित भएको छ ।’ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक...
प्रधानमन्त्रीद्वारा रानी जमरा कुलरिया आयोजनाको उद्घाटन: ४.७१ मेगावाट विद्युत उत्पादन शुरू
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीमा रहेको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको थप सिँचाइ सुविधा, जलविद्युत र प्रसारण लाइनको उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले १४ हजार ३०० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार तथा ४ दशमलव ७१ मेगावाट...
श्रीनगर एग्रीटेकलाई आईपीओ निष्काशनको अनुमति
काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले आईपीओ निष्काशनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले आज साउन १३ गते कम्पनीलाई शेयर निष्काशनको अनुमति दिएको हो। बोर्डबाट अनुमति पाएसंगै अब कम्पनीले ३२ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ३१ लाख...
माथिल्लो सार्दी खोला आयोजनामा एनएमबि बैंकको ४६ करोड ऋण लगानी
काठमाडौँ । एनएमबि बैंक तथा मन्दाकिनी हाइड्रोपावरबीच २.९ मेगावाट क्षमताको कास्की जिल्ला, माछापुच्छ्रे गाउँपालिकामा अवस्थित माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ । यस आयोजनामा एनएमबि बैंकको एकल ऋण लगानी रहेको छ । २.९...
वर्षदिनमा झण्डै दुई हजार ईभी गाडी दुर्घटनाः ९० जनाको निधन, गुणस्तर कमजोर कि चालकको लापरबाही ?
काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधन (ईभी) को प्रयोग तीव्र गतिमा विस्तार भइरहेकोमा त्यससँगै सडक दुर्घटनाको सङ्ख्या पनि अप्रत्याशित रूपमा उकालो लागेको देखिएको छ । पछिल्लो समय सडकमा चल्ने ईभीहरूको सङ्ख्यामा व्यापक वृद्धि भए पनि तिनको सुरक्षात्मक प्रयोग र...
कानून छन् तर कार्यान्वयन छैन, निजी क्षेत्र पिडित: चन्द्रप्रसाद ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारसँग देशमा बनेका राम्रा कानून र मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरेका छन्। मंगलबार नेपाल डेरी एसोसियसनले काठमाडौंमा आयोजना गरेको ‘खीर प्रवद्र्धन कार्यक्रम’मा बोल्दै उनले यस्ता नीति तथा योजनाहरू...




















