वैदेशिक शिक्षामा बाहिरीयो एक खर्ब २४ अर्बबढी रकम

काठमाडौं । चालु आर्थिक वर्ष जेठ मसान्तसम्मको अवधिमा वैदेशिक अध्ययनमा जाने विद्यार्थीहरुले एक खर्ब २४ अर्ब ८० करोड रुपैयाँ खर्च गरेका छन् । केन्द्रिय बैंकको तथ्यांक अनुसार गत आवको तुलनामा वैदेशिक शिक्षा हासील गर्न खर्च गरीने रकम बढेको हो...


जेठ महीनासम्म सरकारले खर्चियो १२ खर्ब ८२ अर्ब रुपैयाँ, पूँजीगत खर्च भने न्यून

काठमाडौं । चालु आर्थिक वर्षको एघार महीना जेठसम्म नेपाल सरकारले १२ खर्ब ८२ अर्ब ९४ करोड रुपैयाँ कुल खर्च गरेको छ। गत आवको यसै अवधिसम्म सरकारले ११ खर्ब ८१ अर्ब ३० करोड रुपैयाँ खर्चिएको थियो। जसमध्ये चालु खर्च मात्रै...


बैंकिङ्ग प्रणालीमा अधिक तरलता: ११ महिनामा २१३ खर्ब ४३ अर्ब ५० करोड प्रशोचन

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ११ महिना कुल २१३ खर्ब ४३ अर्ब ५० करोड (कारोबारमा आधारित) तरलता प्रशोचन गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुले कर्जा लगानी गर्न नसकेको उक्त रकम राष्ट्र बैंकले पटक पटक गरेर...


आन्तरिक कर्जामा सरकारको जोड, ३.४ प्रतिशतले बढ्यो

काठमाडौं । सरकारको आन्तरिक कर्जा ३.४ प्रतिशतले बृद्धि भएको छ । केन्द्रिय बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म उक्त कर्जा बृद्धि भएको हो । विवरण अनुसार अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ३.५ प्रतिशतले बढेको...


राष्ट्र बैंकको तथ्याङ्क ‘पेट्रोल सस्तो, सुनको भाउ आकाशिँदै’

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियमको मूल्य घट्दा सुनको मूल्य उल्लेख्य रूपमा वृद्धि भएको देखिएको छ। नेपाल राष्ट्र बैंकले मङ्गलबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८२ जेठ मसान्तमा कच्चा पेट्रोलियमको मूल्य प्रति ब्यारेल अमेरिकी डलर ७१.२९ कायम भएको...


अन्तरबैंक कारोबारमा ठूलो धक्का: एक वर्षमै २३ खर्ब ८० अर्बले घट्यो

काठमाडौं  । आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा कुल अन्तरबैंक कारोबार ५८.६ प्रतिशतले घटेर १६ खर्ब ८१ अर्ब ५४ करोड रुपैयाँमा सीमित भएको छ। नेपाल राष्ट्र बैंकले मङ्गलबार सार्वजनिक गरेको वित्तीय विवरणमा यस्तो उल्लेख गरिएको हो। यस अवधिमा वाणिज्य बैंकहरूबीच...


तथ्यांकले भन्छ–जेठमा घट्यो महँगी

काठमाडौं । चालु आर्थिक वर्षको जेठ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति (महँगी) घटेको छ । जेठ महिनामा महँगी २.७२ प्रतिशतमा झरेको केन्द्रिय बैंकले जनाएको छ । गत वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.१७ प्रतिशत रहेको थियो । यस महिनामा...


विदेशी विनिमय सञ्चिति २५.९% ले बढेर २५ खर्ब ६९ अर्ब पुग्यो, १७.६ महिनाको आयात धान्ने

काठमाडौं । आर्थिक वर्ष २०८२ जेठ मसान्तसम्म नेपालमा रहेको कुल विदेशी विनिमय सञ्चिति २५.९ प्रतिशतले वृद्धि भई २५ खर्ब ६९ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही समय २०८१ असार मसान्तमा सञ्चिति २० खर्ब ४१ अर्ब १०...


शोधनान्तर स्थिति करिव पाँच खर्ब बचतमा

काठमाडौं । चालु आर्थिक वर्ष जेठ मसान्तसम्ममा शोधनान्तर स्थिति ४ खर्ब ९१ अर्ब ४४ करोड रुपैयाँले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको वित्तीय विवरणले यस्तो देखाएको हो । अघिल्लो आवको सोही अवधिमा शोधनान्तर स्थिति ४...


१५ प्रतिशतले बढ्यो रेमिट्यान्स, ११ महिनामा भित्रियो १५ खर्ब ३२ अर्ब

काठमाडौं  । आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा देशमा भित्रिएको विप्रेषण आप्रवाह (रेमिट्यान्स) १५.५ प्रतिशतले वृद्धि भई कुल १५ खर्ब ३२ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाहमा १७.२ प्रतिशतको वृद्धि भएको थियो। केन्द्रीय...


टेलिकमको इन्टरनेट सेवा पुनःस्थापना हुँदै, केही समयका लागि स्पीडमा समस्या

काठमाडौं । नेपाल टेलिकमले अन्तर्राष्ट्रिय सेवा प्रदायकबाट खरिद गरेको इन्टरनेट सेवामा आएको अवरोधका कारण हाल केही समयदेखि सेवा सुस्त भएको जानकारी दिएको छ। कम्पनीका अनुसार असार २४ गते बिहान १:३० बजेदेखि एउटा सेवा प्रदायकको नेटवर्कमा समस्या उत्पन्न भएपछि सम्पूर्ण...


अर्थमन्त्री विष्णु पौडेल, मुख्यसचिव अर्याल र अर्थ सचिव उपाध्यायमाथि छानबिन कहिले हुन्छ प्रमुख आयुक्त ज्यू ?

समाचार टिप्पणी नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्ति सम्बन्धमा कानुन बमोजिम प्रक्रिया, जिम्मेवारी, दायित्व तथा कर्तव्य पूरा नगरी अख्तियार दुरुपयोग गरेका तीन हाई प्रोफाइल व्यक्तिहरूलाई कारबाही गर्न अख्तियारमा ढिलाई भइरहेको छ । नेपाल सरकार कार्य सम्पादन नियमावली बमोजिम नेपाल सरकार...


सिमेन्ट बजारमा अर्घाखाँचीको दबदबा: ९ महिनामा ४ अर्बको व्यापार, बजार विस्तारमा उल्लेख्य प्रगति

काठमाडौँ । रुपन्देहीको मैनहियास्थित कारखानाबाट सञ्चालन हुँदै आएको अर्घाखाँची सिमेन्ट लिमिटेडले ९ महिनामा करिब ४ अर्ब रुपैयाँको व्यापार परेकोे छ । इक्रा नेपालको प्रतिवेदन अनु्सार कम्पनीले चालु आर्थिक वर्ष २०८१।०८२ को चैत मसान्तसम्मको अवधिमा ३ अर्ब ९६ करोड ७०...


बीमा प्राधिकरणद्वारा ११३ वटा उजुरी फछर्यौट

काठमाडौं । नेपाल बीमा प्राधिकरणले चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा कुल ११३ वटा उजुरी फछर्यौट गरेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार ११ महिनाको अवधिमा प्राधिकरणले सो उजुरीहरु फछर्यौट गरेको हो । समीक्षा अवधिमा केन्द्रिय कार्यालय...


प्रतिकित्ता १०० रुपैयाँमै सिटिजन्स बैंकको शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टनरनेसनल लिमिटेडले १ हजार ११० कित्ता संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा राखेको छ। बैंकले उक्त शेयर प्रतिकित्ता न्यूनतम १०० रुपैयाँमै दिने गरी बिक्रीमा राखेको हो। यसअघि राष्ट्र बैंकको निर्देशनअनुसार सो शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीबाट खरीदका...


भोटेकोशीको भीषण बाढीले बलियो मितेरी पुल बगायो

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा मंगलबार बिहान आएको भीषण बाढीले नेपाल–चीन जोड्ने मुख्य व्यापारिक नाका रसुवागढीको मितेरी पुल बगाएको छ। नेपाल र चीनबीचको व्यापारिक आवागमनका लागि अत्यन्तै महत्त्वपूर्ण मानिने सो पुल बगाएपछि दुई देशबीचको सिधा सम्पर्क पूर्ण रूपमा टुटेको...


सम्पदा लघुवित्तको शेयर बिक्रीमा

काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक समूहका शेयरधनीहरुको नाममा रहेको ८ हजार ३०० कित्ता संस्थापक शेयर आजदेखि बिक्रीमा ल्याएको हो। उक्त संस्थापक शेयर खरिद गर्न प्राथमिकता दिनुपर्ने ब्यवस्था भए बमोजिम...


शुभम पावरको नयाँ सञ्चालक समिति गठन, श्रीजेस गुरागाई बने अध्यक्ष

काठमाडौं । शुभम पावर लिमिटेडले कम्पनीको नवौं तथा दशौं वार्षिक साधारण सभा सम्पन्न गर्दै नयाँ सञ्चालक समिति चयन गरेको छ। असार २० गते सम्पन्न साधारण सभाबाट पाँच जना सञ्चालकहरूको चयन गरिएको हो। नव-निर्वाचित सञ्चालकहरूको सहभागितामाअसार २३ गते दिउँसो ३:३०...


अपर तामाकोशीको सञ्चालकमा नेपाल टेलिकमकी सविना मास्के प्रधान नियुक्त

काठमाडौं । अपर तामाकोशी हाईड्रोपावर लिमिटेडको सञ्चालकमा सविना मास्के प्रधान मनोनयन भएकी छन् । नेपाल दुरसञ्चार कम्पनी लिमिटेडकी निमित्त प्रबन्ध निर्देशक प्रधानलाई कम्पनीले प्रतिनिधिको रुपमा कम्पनीले अपर तामाकोशीको सञ्चालकमा मनोनयन गरी पठाएको हो । प्रधानलाई अपर तामाकोशीको असार १५...


त्रिशूली नदीमा आएको बाढीले २ सय मेगावाट विद्युत् उत्पादन ठप्प, करोडौँको क्षति

काठमाडौं । त्रिशूली नदीमा आएको बाढीले नेपाल विद्युत् प्राधिकरण र यस अन्तर्गतका परियोजनाहरूबाट उत्पादन हुँदै आएको करिब २ सय मेगावाट विद्युत् ठप्प भएको छ । भीषण वर्षासँगै आएको बाढीले आयोजनाका संरचनामा ठूलो क्षति पुर्‍याएपछि उत्पादन बन्द भएको हो ।...