मंगलबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले...
यौनकाण्डमा मुछिएका प्रधानलाई निर्वाचन आयुक्त बनाउन प्रधानमन्त्री प्रचण्डको सिफारिस
काठमाडौं । प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा बसेको संवैधानिक परिषदको बैठकले यौन दुर्व्यवहारको मुद्दा लागेका कृष्णमान प्रधानलाई निर्वाचन आयोगको रिक्त रहेको सदस्य पदमा नियुक्तिका लागि सिफारिस गरिएको छ । संवैधानिक निकायमा यौन दुराचारीलाई नियुक्त गर्न प्रधानमन्त्री प्रचण्डबाटै सिफारिस भएपछि महिला अधिकारवादीहरु,...
सर्वोत्तम सिमेन्ट काण्डले कर छुट लिने ठूला व्यापारीहरु अप्ठेरोमा, कर छुट लिनेहरुले अर्बौ रुपैयाँ तिर्नुपर्ने अवस्था आउँदै
काठमाडौं । सर्वोत्तम सिमेन्टले कर छुट लिई राज्यबाट प्राप्त लाभको व्यापारिक गणना गरेको बिषय अब राष्ट्रिय अर्थतन्त्रको चर्को बहसको बिषयको रुपमा प्रवेश पाएको छ । बीमापोष्टले गहन खोजविन गर्दै उजागर गरेको कर छुट र व्यापारिक लाभको गणनाबारे अर्थमन्त्रालय र...
विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसनबर्गद्वारा अर्थमन्त्री पुनसँग भेट, के के भयो छलफल ?
काठमाडौँ । विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसनबर्गले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग भेटेका छन् । ट्रोटसनबर्गले सोमबार सिंहबारस्थित मन्त्रालयमा मन्त्री पुनसँग शिष्टाचार भेट गरेका हुन् । ट्रोटसनबर्ग मंगलबारदेखि काठमाडौंमा सुरु भएर ४ दिनसम्म चल्ने विश्व बैंक समूहअन्तर्गतको...
क्रसर उद्योग नवीकरणको माग गर्दै व्यवसायीले गरे विरोध प्रदर्शन
काठमाडौँ । क्रसर उद्योग नवीकरणको माग गर्दै व्यवसायीले सोमबार काठमाडौँमा प्रदर्शन गरेका छन् । क्रसर बालुवा तथा खानी उद्योग नियमानुसार नवीकरण नगरिएको भन्दै नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अगुवाइमा माइतीघरमा विरोध प्रदर्शन गरिएको हो । उनीहरूले दूरीसम्बन्धी...
टियागो ईभीमा एक लाखले मूल्य वृद्धि, खरिद गर्लान त ग्राहकहरुले ?
काठमाडौँ । टाटा मोटर्सको टियागो इभीको मूल्यवृद्धि भएको छ । टियागो इभीको सबै मोडलहरुमा एक लाखले मूल्यवृद्धि भएको हो । अब टियागो इभी लङ्ग रेञ्जको सुरुवाती मूल्य २७ लाख ४९ हुने कम्पनीले जनाएको छ । नयाँ आर्थिक वर्षको बजेट...
शेष घलेले शेराटन होटल निर्माण पुरा गर्न सकेनन्, बिक्री गर्न ग्राहक खोज्दै!
काठमाडौं । चर्चित गैर आवासिय नेपाली शेष घलेले केशरमहलमा सन् २०१४ देखि निर्माण गरिरहेको शेराटन होटलको निर्माण अझै सम्पन्न भएको छैन । २०१८ मै सम्पन्न गर्ने विश्वास गरिएको शेराटन होटलको काम दुई वर्ष लाग्ने अनुमान गरिएको छ । अष्ट्रेलियाकै...
पहिलो अन्तराष्ट्रिय जोरखाने प्रतियोगितामा सहभागी हुन नेपाली टोली इरान प्रस्थान
काठमाडौँ । ६ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली पहिलो अन्तराष्ट्रिय जोरखाने प्रतियोगितामा सहभागी हुन इरान गएको छ । शनिबार अर्थात असार १ गते राति उक्त टोलि इरानको इस्फाहन प्रस्थान गरेको हो । जुन १८ देखि २३ सम्म हुने प्रतियोगितामा...
पछिल्लो ३६ महिनामा शालिमार सिमेन्टको व्यापार साढे पाँच अर्ब
काठमाडौँ । नेपाल शालिमार सिमेन्ट प्राइभेट लिमिटेडले पछिल्लो ३६ महिनामा ५ अर्ब ६१ करोड २० लाख रुपैयाँको व्यापार गरेको छ । कोरोना समय र आर्थिक संकुचनको समयमा पनि कम्पनीले सन्तोषजनक आम्दानी गरेको हो । ग्राहकहरुको माझ लोकप्रिय हुँदा शालिमार...
ओम्नी मोटर्सको व्यापारमा भारी गिरावट, एक वर्षमा साढे एक अर्ब गायब
काठमाडौं । भारतबेन्च व्यवसायिक सवारीसाधन बिक्री गर्ने ओम्नी मोटर्स प्रालिको व्यापारमा भारि गिरावट आएको छ । कम्पनीको व्यापार सन् २०२२ को तुलनामा सन् २०२३ मा २२६.७९ प्रतिशतले घटेको हो । कम्पनीले सन् २०२३ मा ६९ करोड ८० लाख रुपैयाँको...
तारा एयरको व्यापारमा सुधार, एक वर्षमा गर्यो एक अर्ब आम्दानी
काठमाडौँ । तारा एयर प्राइभेट लिमिटेडले एक वर्षमा एक अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा एब अर्ब एक करोड ९० लाख रुपैयाँ आम्दानी गरेको इक्रा नेपालले जनाएको हो । कम्पनीले गरेको व्यापार सन् २०२२ को तुलनामा...
६ किलो सुनसहित एक चिनियाँ मूलका नागरिक पक्राउ
काठमाडौँ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले छ किलो सुनसहित एक चिनियाँ मूलका नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३७ वर्षीय चिनियाँ मूलका नागरिक सोनाम गुरुङ रहेका केन्द्रीय अनुसन्धान ब्यूरोले जानकारी दिएको छ । ब्यूरो भन्यो,“काठमाडौँबाट ६ किलो सुनसहित...
बढ्यो घरजग्गा कारोबार, जेठमा घरजग्गाबाट सरकारले संकलन गर्यो ४ अर्ब राजश्व
काठमाडौं । चालू आर्थिक वर्ष २०८०/८१ को जेठ महिनामा घरजग्गाको कारोबार बढेको छ । भूमि व्यवस्था तथा अभिलेख विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार जेठ महिनामा ६१ हजार १६१ लिखतपारित भएका छन् । गत वर्ष जेठमा देशभर ५५ हजार ६९...
बससेवा डटकमले हरेक टिकट बापत एक रुपैयाँ नीलहिरा समाजलाई प्रदान गर्ने
काठमाडौँ । नेपालको एक मात्र अनलाइन बससेवा भुक्तानी सेवा प्रदायक बससेवा डटकम र नील हिरा समाज र बीच अनलाइनबाट बुकिङ्ग भएका टिकटहरुमा, एक टिकट बराबर एक रुपैया लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको हितको लागी छुट्याउने सम्झौता भएको छ ।...
औचित्य नै नभएको क्षेत्रमा सडक खम्बा निर्माणका लागि शिखर नगरपालिकाको कार्यकर्ता पोस्ने योजना
काठमाडौँ । गाडी नै नचल्ने ठाउँमा डोटी जिल्लाको शिखर नगरपालिकाले सडक खम्बा निर्माणका लागि २० लाख रुपैयाँको बजेट निकासा गरेको छ । आर्थिक वर्षको अन्तिममा खर्च देखाउन नगरले वडा न. ११ मा गाडि नै नआउने कच्ची सडकमा खम्बा निर्माणका...
बजेट सम्बन्धी नीतिले आयकर र पुँजीगत लाभकर संकलन गर्ने आधारनै समाप्त हुन सक्छः आरजु राणा
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद डा.आरजु राणाले सरकारले ल्याएको बजेट सम्बन्धी नीतिले आयकर र पुँजीगत लाभकर संकलन गर्ने आधारनै समाप्त पार्नसक्ने बताएकी छिन् । आइतबार प्रतिनिधि सभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत...
हिमाल समृद्धि कार्यक्रम बजेट किताबबाट हटाइए, हुम्लालाई सौतेनी व्यवहार भयोः सांसद कार्चेन
काठमाडौँ । प्रतिनिधि सभाका सांसद छिरिङ डम्डुल लामा (कार्चेन) ले हिमाल समृद्धि कार्यक्रम बजेट किताबबाट हटाइएको बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र अर्थ मन्त्रालयको विनियोजित बजेटमाथिको...
शिवम् सिमेन्टले आयोजना गरेको शिवम् कीर्ति समारोह २०८१ सम्पन्न
काठमाडौँ । शिवम् सिमेन्टसले “शिवम् कीर्ति समारोह २०८१” भव्यरुपमा सम्पन्न गरेको छ । पाँच वर्षको लामो अन्तराल पछि “उडान –समृद्धि र सहयात्राको” शिर्षकमा समारोह आयोजना गरिएको हो । उक्त समारोहमा शिवम् सिमेन्टसले आफ्नो उत्कृष्ट डिलरहरु मध्ये सर्वोत्कृष्ट ३१ डिलरहरुलाई...
अब निजी उद्योगलाई १९ हजार मेट्रिक टन चिनी आयात गर्न दिइने
काठमाडौँ । अब सरकारले निजी क्षेत्रलाई १९ हजार मेट्रीक टन चिनी आयात गर्न दिने भएको छ । उद्योग बिभागले एक सूचना जारी गर्दै भारतको नेशनल को–अअपरेटिभ एक्पोर्ट लिमिटेडले नेपालमा निर्यात गर्ने २५ हजार मेट्रिक टन चिनीको कोटाबाट निजी क्षेत्रलाई...
३ लाख ६० हजार पर्ने बजाज पल्सर एन १५० नेपाली बजारमा
काठमाडौँ । नेपालमा बजाज पल्सर एन १५० को बिक्री सुरू गरिएको छ । बजाज मोटरसाइकलको नेपालको लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले आइतबारदेखि पल्सर एन १५० को बिक्री सुरु गरेको हो । पल्सर एन १५० को मूल्य कम्पनीले...




















