तिब्बतमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प: १६ जनाको मृत्यु, ३२ घाइते

काठमाडौँ । दक्षिण–पश्चिम चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रमा गएको शक्तिशाली भूकम्पका कारण ठूलो जनधनको क्षति भएको छ। ७ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्। चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार...


किन जाँदैछन् रवि लामिछाने भारत?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीनदिने निजी तथा पारिवारिक भ्रमणका लागि आज भारत जाने भएका छन्। लामिछानेको यो भ्रमण धार्मिक तथा आध्यात्मिक यात्रामा केन्द्रित रहने उनको निजी सचिवालयले जनाएको छ। भ्रमणका क्रममा लामिछाने परिवारसहित...


एआईले खोल्यो दशकौँ पुरानो साइबर कमजोरी, विश्वभरका वेबसाइट जोखिममा

काठमाडौँ । विश्वभरका लाखौँ वेबसाइट सञ्चालनमा प्रयोग हुँदै आएको पीएचपी प्रोग्रामिङ भाषामा गम्भीर सुरक्षा कमजोरी फेला परेपछि अन्तर्राष्ट्रिय स्तरमा साइबर सुरक्षा चुनौती बढेको छ। कृत्रिम बौद्धिकता (एआई) को सहायताबाट पहिचान गरिएका यी कमजोरीले वेबसाइटको नियन्त्रण अनधिकृत व्यक्तिको हातमा पुग्नेदेखि...


नेपालका ६५ प्रतिशत बालबालिकाको रगतमा लेडको मात्रा उच्च, जनस्वास्थ्यमा गम्भीर जोखिम

धनगढी। नेपालमा लेड (सिसा) को जोखिम जनस्वास्थ्यका लागि गम्भीर चुनौतीका रूपमा देखिएको छ। सन् २०१५ मा गरिएको एक अध्ययनअनुसार नेपालका करिब ६५ प्रतिशत बालबालिकाको रगतमा लेडको मात्रा उच्च पाइएको थियो। यसले बालबालिकाको स्वास्थ्य र विकासमा पर्न सक्ने असरबारे चिन्ता...


अर्थमन्त्री स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारतमा

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि नयाँदिल्ली पुगेका छन्। बिहीबार बिहान १० बजे एयर इन्डियाको नियमित उडानमार्फत भारतको राजधानी नयाँदिल्ली पुगेका हुन्। दुई सदस्यीय भ्रमण टोलीमा अर्थमन्त्री वाग्लेसँगै उनका प्रमुख स्वकीय सचिव नवीन ढुङ्गाना...


पीएचपी सफ्टवेयरमा गम्भीर सुरक्षा कमजोरी, सरकारीदेखि निजी प्रणालीसम्म जोखिम

काठमाडौँ । वेबसाइट तथा अनलाइन प्रणालीमा प्रयोग हुने पीएचपी सफ्टवेयरमा गम्भीर सुरक्षा कमजोरी देखिएपछि राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सम्बन्धित निकायलाई तत्काल सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ। केन्द्रले सम्भावित साइबर आक्रमणबाट सरकारी तथा निजी क्षेत्रका अनलाइन प्रणालीलाई जोगाउन विशेष...


चितवन ईभी आगलागी प्रकरण: मृतकका परिवारलाई सीजी मोटर्सले दियो १२ लाख अन्तरिम क्षतिपूर्ति

काठमाडौँ । चितवनको भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा ज्यान गुमाएका अमर पराजुलीको परिवारलाई सवारीसाधनको आयातकर्ता कम्पनी सीजी मोटर्सले १२ लाख रुपैयाँ अन्तरिम क्षतिपूर्ति उपलब्ध गराएको छ। घटनाको प्राविधिक अनुसन्धानमा सहयोग गर्ने र परीक्षणबाट गाडीमा प्राविधिक कमजोरी देखिए थप क्षतिपूर्ति...


विजयादशमीमा बालेन शाहको सन्देश : ‘सोचसँगै व्यवहार बदलौँ’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले विजयादशमीको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै असत्यमाथि सत्य र अधर्ममाथि धर्मको विजयको प्रतीक...


त्रिभुवन विमानस्थलमा टर्किस एयरलाइन्सको विमानमा चरा ठोक्कियो, उडान–अवतरण बन्द

काठमाडौं । इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चरासँग ठोक्किएको छ। आज बिहान अवतरणका क्रममा विमानमा चरा ठोक्किएको हो। विमानस्थल सुरक्षा स्रोतका अनुसार घटनाबाट विमानमा कुनै क्षति भएको छैन र अवस्था सामान्य रहेको...


आज दशैंको दिन देशभर मौसम कस्तो रहला ?

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँको मुख्य दिन विजयादशमीमा देशभरको मौसममा सामान्यतया अनुकूलता रहने देखिएको छ। यद्यपि, केही हिमाली तथा पहाडी क्षेत्रमा बदलीसँगै हल्का वर्षा र हिमपातको सम्भावना रहेकाले दसैँको टीका थाप्न तथा आफन्तकहाँ आवतजावत गर्नेहरूले मौसमको अवस्थाबारे जानकारी...


आज विजयादशमी, बिहान १०:२६ बजे उत्तम साइतमा टीका लगाइँदै

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँको आज मुख्य दिन विजयादशमी हर्षोल्लासका साथ मनाइँदै छ। यस अवसरमा परिवारका ज्येष्ठ सदस्य तथा मान्यजनबाट आशीर्वाद ग्रहण गर्दै निधारमा रातो टीका र शिरमा जमरा लगाउने परम्परा रहेको छ। धार्मिक विधिअनुसार दुर्गा भवानीको पूजा...


फोर्स गाडीको प्राविधिक कमजोरीमाथि प्रश्न, सुर्खेतमा दुर्घटना हुँदा ९ जना घाइते

काठमाडौ । सुर्खेतको पञ्चपुरी नगरपालिका–३, लगाम डाँडामा फोर्स गाडी दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। कैलालीको लम्कीबाट अछामका लागि छुटेको कर्णाली प्रदेश ०२–००१ ज ०८४४ नम्बरको फोर्स गाडी मंगलबार बिहान साढे १० बजे दुर्घटनामा परेको हो। गाडीमा २१...


डलर १५२ रुपैयाँ नाघ्यो, अन्य विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५२ रुपैयाँ १९ पैसा कायम भएको छ। यस्तै, बेलायती पाउन्ड स्टर्लिङ...


दशैं बिदामा घुम्नैपर्ने गन्तव्य सुदूरपश्चिम, प्रकृति, संस्कृति र धार्मिक आस्थाको अनुपम संगम

धनगढी । दशैं हिन्दू धर्मावलम्बीहरूको प्रमुख पर्व हो। लामो बिदा, पारिवारिक भेटघाट र घुमफिरको अवसरका रूपमा समेत लिइने दशैंमा धेरै मानिस नयाँ ठाउँको भ्रमण गर्ने योजना बनाउँछन्। व्यस्त दैनिकीबाट केही समय टाढा रहेर प्रकृतिसँग रमाउने, धार्मिक स्थलमा दर्शन गर्ने...


प्राकृतिक विपत्तिको जोखिममा निर्जीवन बीमा, आर्थिक सुरक्षाको बलियो आधार

धनगढी। बीमा जोखिम व्यवस्थापनको महत्त्वपूर्ण औजार हो। मानिसको जीवन, सम्पत्ति तथा दायित्वमा पर्न सक्ने अनिश्चित जोखिमबाट उत्पन्न आर्थिक भार कम गर्न बीमाले महत्त्वपूर्ण भूमिका खेल्छ। भविष्यमा के हुन्छ भन्ने कुरा निश्चित नहुने भएकाले सम्भावित जोखिमबाट हुने आर्थिक क्षतिको व्यवस्थापनका...


‘दशैंको फजुल खर्च कटौती गरौँ, बीमामार्फत सुरक्षित भविष्य बनाऔँ’

काठमाडौं । पछिल्लो समय चाडपर्व तथा विभिन्न मौलिक र सांस्कृतिक कार्यक्रमका नाममा अनावश्यक रूपमा फजुल खर्च गर्ने प्रवृत्ति बढ्दै गएको छ । आफ्नो संस्कृति, परम्परा र रीतिरिवाजको संरक्षण गर्नु आवश्यक भए पनि त्यसका नाममा आर्थिक भार बढाउने गरी खर्च...


असोजमा १ खर्ब १५ अर्ब राजस्व, लक्ष्य भेट्न सरकारलाई अझै चुनौती

काठमाडौं । असोज महिनामा सरकारले राजस्व संकलन लक्ष्यको करिब ९९.८ प्रतिशत प्राप्त गरेको छ। अर्थ मन्त्रालयका अनुसार उक्त महिनामा एक खर्ब १५ अर्ब १९ करोड रुपैयाँ राजस्व संकलन भएको हो। यद्यपि, चालु आर्थिक वर्षको पहिलो तीन महिनाको लक्ष्य पूरा...


लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ

काठमाडौं । लगानी बोर्ड नेपालका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन्। उनलाई ललितपुरको सानेपा क्षेत्रबाट काठमाडौं उपत्यका प्रहरी परिसर, भद्रकालीको टोलीले नियन्त्रणमा लिएको हो। काठमाडौं उपत्यका प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलीप घिमिरेका...


यी हुन् आज बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरु

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारले बाढीपहिरोबाट प्रभावित विभिन्न स्थानीय तहलाई तीन महिनाका लागि ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ। मन्त्रिपरिषद्को २०८३ असोज ३० गते बसेको बैठकले उक्त निर्णय गरेको हो। सरकारका निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री विक्रम तिमल्सिनाले बुढीगण्डकी...


बुढीगण्डकी बाढी प्रभावित परिवारलाई मासिक १५ हजार राहत, थप सदस्य भए प्रतिव्यक्ति २ हजार

काठमाडौं । बुढीगण्डकी नदीमा आएको बाढी तथा भारी वर्षाका कारण प्रभावित गोरखा, धादिङ र बागलुङका तोकिएका स्थानीय तहका घर क्षति भएका परिवारले मासिक १५ हजार रुपैयाँसम्म अस्थायी आवास तथा जीविकोपार्जन राहत पाउने भएका छन्। आज बसेको मन्त्रिपरिषद् बैठकले विपद्बाट...