देशका ९ क्षेत्रमा मत गणना सुरु, ५ स्थानमा एमालेको अग्रता, घण्टी र कांग्रेस २ क्षेत्रमा लिड गर्दै

काठमाडौं । देशैभरिका मत गणना सुरु हुँदैछ । हिजो मतदान स्थगित भएको क्षेत्र बाहेक सबै क्षेत्रमा अबको केहीबेरपछि मत गणना सुरु हुनेछ । आज विहान १० बजेसम्मको ताजा परिणाम अनुसार मत गणना सुरु भएको ९ स्थान मध्ये सबैभन्दा अगाडि...


कास्की २ मा घण्टी र एमालेबीच प्रतिस्पर्धा. घण्टी ३८९, सूर्य २१३

अपडेट काठमाडौं । हिजै रातिबाट मत गणना सुरु भएको कास्की २ मा प्रारम्भिक परिणाम अनुसार घण्टीका उम्मेदवार र एमालेका सूर्य चिन्हका उम्मेदवारका बीचमा प्रतिस्पर्धाढ देखिएको छ । प्रारम्भिक नतिजामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कडेल अगाडि छन् । हालसम्म...


ललितपुर २ मा एमालेका प्रेम महर्जन र लौरोका सुदिन शाक्य उम्मेदवारबीच प्रतिस्पर्धा, कमल पछाडि पर्यो

काठमाडौं । ललितपुर क्षेत्र २ को मत गणना सुरु भएको छ । हिजो राति देखि नै सुरु भएको मत गणनामा आज विहान ६ बजेसम्मको विवरण अनुसार सूर्य चिन्हका एमाले उम्मेदवार प्रेम बहादुर महर्जनले १३१७ मत प्राप्त गरेका छन् भने...


घण्टीको पक्षमा अभूतपूर्व जनमत !, एमसीसी काण्डमा डुब्यो गठबन्धन

काठमाडौं । आज अपरान्ह ५ बजे सम्पन्न (लगभग) भएको आम निर्वाचन २०७९ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अभूतपूर्व जनमत प्राप्त गरेको प्रारम्भिक विश्लेषणबाट देखिएको छ । बीमापोष्ट टिमले जिल्ला तहका विभिन्न व्यक्तिसँगको समन्वयमा गरेको अध्ययनमा राष्ट्रिय स्वतन्त्र पार्टी समानुपातिक तर्फ...


बाजुरामा विवाद हुँदा ३ स्थलमा मतदान स्थगित

काठमाडौं । विवादका कारण बाजुराका तीनवटा केन्द्रमा मतदान रोकिएको छ । बूढीगंगा नगरपालिका ८, बूढीनन्दा – ५ र स्वामिकार्तिक खापर गाउँपालिका ४ को एक एक गरी तीनवटा केन्द्रमा मतदान स्थगित भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी सूर्य थापाले...


यसरी हुदैछ काठमाडौं उपत्यकामा मतदान (फोटोफिचर सहित)

काठमाडौं । प्रतिनतिधि सभा र प्रदेशसभाको लागि आज काठमाडौं उपत्यकामा शान्त र भयरहित वातावरणमा मतदान जारी छ । बीमापोष्टले यो समाचार तयार पार्दासम्म उपत्यकामा कुनै पनि त्यस्तो मतदान विथोल्ने कार्य भएको छैन । देशभरका १० हजार ८९२ मतदान स्थलका...


डोटीको एक सडकमा प्रेसर कुकर बम भेटियो

डोटीको एक ग्रामिण सडकमा प्रेसर कुकर बम राखिएको पाइएको छ। जिल्लाको केआईसिँह गाउँपालिका वडा नम्बर ५ को राना गाउँ–जमलकट्टे बिचको सडकमा कुकर राखिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। सडकको जंगल क्षेत्रमा बम राखिएको हो। नेपाली सेनाको समूहले अथक...


मतपेटिका लुट्न खोजे गोली हानिने, यस्तो छ प्रहरीको सुरक्षा रणनिति

काठमाडौं । नेपाल प्रहरीले शंकास्पद गतिविधि गर्ने, बुथ कब्जा गर्न खोज्ने, मतपेटिका लुट्ने तथा मतपत्र च्यात्ने व्यक्तिलाई प्रहरीले सिधै गोली चलाउन पाउने अधिकार पाएको छ। सरकारले निर्वाचनको दिन बुथ कब्जा गर्न खोज्ने र मतपेटिका लुट्न खोज्नेमाथि गोली हान्नेसम्मको अधिकार...


मतदान केन्द्र नजिक बम विस्फोट भएपछि गुलरियाको एक ठाउँमा मतदान रोकियो

काठमाडौं । गुलरियाको एक ठाउँमा मतदान केन्द्र नजिक बम विस्फोट भएपछि मतदान रोकिएको छ । गुलरिया नगरपालिका २ शम्भुशरण मावि खैरापुर मतदान केन्द्रको मतदान रोकिएको हो । मतदानस्थल नजिकै बक विस्फोट भएकाले मतदान रोकिएको प्रहरीले जनाएको छ ।


रवि लामिछानेले मत खसाल्दै मत खसालेको मतपेटिकालाई ढोगे

काठमाडौं । चितवन क्षेत्र नं. २ बाट प्रतिनिधिसभाका उम्मेद्वार रवि लामिछानेले मतदान गरेपछि मत खसालेको ढ्वाङ्गलाई ढोगेका छन् । काठमाडौं क्षेत्र नं. ३ को महांकाल मतदान केन्द्रबाट भोट हालेका हुन् । अर्को फोटो भने उनी श्रमति निकिता पौडेलसँग छन्...


निर्वाचनका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले लोकन्थलीबाट गरे मतदान

काठमाडौं। प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान गरेका छन् । आज बिहान ७ बजे लोकन्थलीस्थित युनिक नेपाल एकेडेमी केन्द्रबाट उनले मतदान गरेका हुन् । सुरुमा फरक क्षमता भएका दीपेन्द्र गिरीले मत दिएपछि थपलियाले मतदान...


आजै बेलुका ८ बजेबाट मतगणना सुरु हुने

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रदेश तथा प्रतिनिधिसभा चुनावमा मतदान गर्नका लागि एक जनालाई करिब २ मिनेट लाग्ने बताएका छन् । भक्तपुरको लोकन्थलीस्थित युनिक नेपाल एकेडेमी मतदान केन्द्रबाट मतदान गरिसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख आयुक्त थपलियाले मतदान...


सुनसान काठमाडौं उपत्यका (फोटोफिचर सहित)

काठमाडौं । आज देशैभर भईरहेको निर्वाचनका लागि काठमाडौं उपत्यका छाडेको कारणै काठमाडौं सुनसान बनेको छ । मतदान गर्न जानेहरुको संख्या बढेसँगै काठमाडौंका सडकहरु खाली देखिएको हो । काठमाडौंको मुख्य सडकदेखि गल्लीहरुसमेत सुनसान बनेको छ। आज देशभर एकै चरणमा प्रतिनिधि...


मतदानमा सहभागी हुन राष्ट्रपति भण्डारीको आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार देशभर एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउन देशवासीलाई आह्वान गर्नुभएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन, २०७९ का अवसरमा आज सन्देश दिँदै उहाँले मतदान गर्नु नागरिक अधिकारको उच्चतम्...


आम निर्वाचनको अन्तिम तयारी पूरा, भोलि विहान ७ बजेदेखि ५ बजेसम्म मतदान

काठमाडौं । निर्वाचन आयोग नेपालले भोलि मंसिर ४ गते हुने आम निर्वाचनको लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मङ्सिर ४ गते आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म प्रतिनिधिसभा तथा प्रदेशसभा...


मंसिर ७ गतेभित्र प्रत्यक्षतर्फ मतगणनाको नतिजा सार्वजनिक गछौं: प्रमुख निर्वाचन आयुक्त थपलिया

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको तयारी लगभग अन्तिम तयारीमा पुगेको बताए ।प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनको तयारी लगभग पुरा भएको जानकारी दिए । बिहीबार आयोगले गरेको पत्रकार सम्मेलनमा प्रमुख थपलियाले भने–...


१४ महिनापछि अर्थतन्त्र उज्यालो दिशातर्फ, अर्थतन्त्रका सूचांकमा देखियो सुधार

काठमाडौ । नेपालको अर्थतन्त्रमा देखिएको गम्भिर अवस्था १४ महिनापछि सुधार हुँदै उज्यालोतर्फ अघि बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको विवरण अनुसार देशको अर्थतन्त्रमा देखिएका अध्यायाहरु फाट्दै चाँदीको झै घेरा देखिन थालेको छ । कोरोनापछि विदेश...


निर्वाचनका लागि आज राति १२ बजेदेखि स्थिर समय सुरु हुँदै, के–के गर्न प्रतिबन्ध छ ?

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आजदेखि स्थिर समय सुरु हुने भएको छ । आज राति १२ बजेदेखि स्थिर समय सुरु हुने निर्वाचन आयोगले जनाएको हो । उक्त स्थिर समय सुरू भएसँगै...


भारतबाट पेट्रोलको मूल्य बढेर आयो, नेपालमा के होला ?

काठमाडौं । भारतले पेट्रोलको मूल्य पुनः बढाएर पठाएको छ।नेपाल आयल निगमका अनुसार इन्डियन आयल कर्पोरेसन (आईओसी)ले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर ३.१६ रुपैयाँ बढेको छ। आईओसीले हरेक १५–१५ दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाउने गरेको छ। आईओसीले अन्तर्राष्ट्रिय बजारमा...


स्थानीय चुनावमा बालेन र हर्कको पक्षमा अभियान चलाएका भिम उपाध्यायको उद्घोष संघीय निर्वाचनमा थुप्रै बालेनहरुलाई जन्माउँछौं

काठमाडौं । पूर्व सचिव भिम उपाध्यायले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै लौरो अभियानमार्फत यसअघि बालेन र हर्कलाई मेयर बने जसरी प्रतिनिधिसभाको निर्वाचनमा थुप्रै मानिसहरु लौरो चिन्हबाट सासद बन्ने उद्घोष गरेका छन् । पूर्व सचिव उपाध्यायले स्टाटस लेख्दै बालेन साहको...