अर्थमन्त्री खनाल भने ‘कालोसूचीमा धेरैको नाम पर्नु अर्थतन्त्रका लागि चिन्ताको विषय हो’

काठमाडौँ ।  अर्थमन्त्री रामेश्वर खनालले धेरै व्यक्तिहरूको नाम कालोसूचीमा पर्नु सरकार र बैंक प्रणाली दुबैका लागि चिन्ताको विषय भएको बताएका छन्। बुधबार राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै उनले भने, “कुनै...


मधेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिएका छन् । प्रदेशसभामा विश्वासको मत माग्ने क्रममा सम्बोधन गर्दै मुख्यमन्त्री यादवले औपचारिक प्रक्रिया अघि नबढाई नै पदत्यागको घोषणा गरेका हुन् । विश्वासको मत लिनका लागि आज बिहान साढे ८...


क्यानका महानिर्देशक प्रदीप अधिकारी पक्राउ

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले अधिकारीलाई नियन्त्रणमा लिएको हो । उनसहित क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि अख्तियारले नियन्त्रणमा लिएको छ। उनीहरूलाई भक्तपुरको नलिन्चोक...


गम्भीर त्रुटिले संकटमा हुन्डाई ब्रान्डः अन्तर्राष्ट्रिय बजारबाट लाखौं गाडी रिकल, नेपालमा पनि गुमाउँदै विश्वसनीयता

काठमाडौँ । नेपाली अटो बजारमा निरन्तर आगलागी र दुर्घटनामा परि रहेका हुन्डाई ब्रान्डका गाडीको अन्तर्राष्ट्रिय प्रतिष्ठा समेत कमजोर हुँदै गएको देखिएको छ । कोरियन कार निर्माता कम्पनी हुन्डाई पछिल्लो वर्षहरुमा गुणस्तर समस्याका कारण गम्भीर संकटमा परेको देखिएको हो ।...


नेपाल र जापान सरकारबीच ऋण सम्झौतामा हस्ताक्षर, कोटेश्वर चोकमा फ्लाइओभर बनाइने

काठमाडौं । नेपाल सरकार र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजनाको लागि ऋण सम्झौतामा अर्थमन्त्री रामेश्वर प्रसाद खनालको समुपस्थतिमा आज अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा हस्ताक्षर गरिएको छ। जापानले उक्त आयोजनाका लागि ३४.५९ अर्व जापानी येन (करिब रु.३१.७६ अर्व)...


व्यावसायिक कारोबार व्यक्तिगत खाताबाट नगर्न सहकारी विभागको निर्देशन

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको सहकारी विभाग नेपाल राष्ट्र बैंकले व्यावसायिक कारोबार व्यक्तिगत खाताबाट नगर्न निर्देशन दिएको छ। मन्त्रालयको सहकारी विभागले एक निर्देशन जारी गर्दै व्यावसायिक कारोबार व्यक्तिगत खाताबाट गर्न नपाइने र त्यस्तो भएको...


गुण समूहका अध्यक्ष राजेन्द्र शाक्य पक्राउ

काठमाडौँ । गुण समूहका अध्यक्ष राजेन्द्र शाक्य पक्राउ परेका छन्।प्रभु बैंक लिमिटेडलाई नोक्सानी पुर्याएको घटनामा संलग्न बताउँदै उनलाई पक्राउ गरिएको हो । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनको सम्बन्धमा अनुसन्धान गर्दै आएको प्रहरीले सोही अनुसन्धानको सिलसिलामा शाक्यलाई नियन्त्रणमा...


भोलि देशभर सार्वजनिक बिदा

काठमाडौँ । भोलि अर्थात् मंसिर १८ गते बिहीबार देशभर सार्वजनिक विदा हुने भएको छ । धान्य पूर्णिमा, किराँत समुदायको उधौली पर्व, योमरी पुन्हि, ज्यापु दिवस लगायतका पर्व परेकोले सार्वजनिक बिदा दिइएको हो । सार्वजनिक विदा भएकोले सबै सरकारी कार्यालय,...


टेलिकमको मोबाइल डेटा सेवा ठप्प, प्रयोगकर्ता हैरानीमा

काठमाडौं । काठमाडौंसहित विभिन्न जिल्लामा मंगलबार अपराह्नदेखि नेपाल टेलिकमको मोबाइल डेटा सेवा अवरुद्ध भएको छ। करिब साढे ५ बजेदेखि केही प्रयोगकर्ताले इन्टरनेट नचल्ने समस्या भोगिरहेका छन्। प्रयोगकर्ताहरूका अनुसार मोबाइलमा डेटा अन गरे पनि नेटवर्कमा इन्टरनेट कनेक्सन देखिँदैन। टेलिकमको सिमबाट...


एनपिल उत्सवमा सामसङ टीभी अफर: ३३% क्यासब्याक र सात हजार एक्सचेन्ज बोनससहित अपग्रेड मौका

काठमाडौँ ।  सामसङ नेपालले नेपाल प्रिमियर लिग (एनपिल) सिजनलाई लक्षित गर्दै आफ्ना विभिन्न श्रेणीका टेलिभिजनहरूमा आकर्षक छुट र एक्सचेन्ज बोनस योजना घोषणा गरेको छ। यस योजना अन्तर्गत प्रिमियम क्यू-एलईडी टीभीदेखि एचडि टीभीसम्मका मोडेलहरूमा ३३ प्रतिशतसम्म क्यासब्याक तथा सात हजार...


रिलायन्स स्पिनिङ मिल्सले पायो बुक बिल्डिङ मार्फत आईपीओ निष्कासनको अनुमति

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्स लिमिटेडलाई बुक बिल्डिङ मार्फत आईपीओ निष्कासन गर्ने अनुमति दिएको छ। उच्च अदालत पाटनको परमादेश कार्यान्वयन गर्दै बोर्डले मंगलबार ग्लोबल आईएमई क्यापिटललाई पत्र पठाउँदै बुक बिल्डिङ मार्फत आईपीओ प्रक्रियालाई अघि बढाउन निर्देशन...


यस्ता छन् मन्त्रिपरिषद् बैठकका २७ निर्णय

काठमाडौँ । मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार सार्वजनिक भएका छन्। मंसिर १५ गते सोमबार बसेको बैठकले विभिन्न २७ निर्णय गरेको हो । मन्त्रिपरिषद्ले जेन–जी प्रदर्शनका सहिदका परिवारलाई फोटोसहितको परिचयपत्र उपलब्ध गराउने र प्रत्येक वर्ष भदौ २३ गतेलाई जेन–जी सहिद दिवसको...


वाइडबडी जहाज काण्ड: विशेष अदालतको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा

काठमाडौँ ।  बहुचर्चित वाइडबडी जहाज खरिदसम्बन्धी मुद्दामा विशेष अदालतले गरेको फैसलाप्रति असन्तुष्टि जनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ। मागदाबी बमोजिम फैसला नआएको भन्दै अख्तियारले मंगलवार पुनरावेदन गरेको हो। आपूर्तिकर्ता कम्पनी र त्यसका पदाधिकारीसँग मिलेमतो...


कटहरिया नगरपालिकामा डकुमेन्ट्रीको नाममा लाखौँ दुरुपयोग, ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको कटहरिया नगरपालिकाका तत्कालीन जनप्रतिनिधि, कर्मचारी तथा सरिता फाउण्डेशनका प्रतिनिधिलगायतविरुद्ध भ्रष्टाचारको आरोपमा बिशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ। नगरसभाबाट स्वीकृत नहुने कार्यक्रम अघि सारेर पाँच लाख रुपैयाँ पेश्की उपलब्ध गराई डकुमेन्ट्री निर्माणका...


कीर्तिपुरमा क्रिकेट खेलको क्रममा चियर लिडर घाइते, बयोधा अस्पतालमा भर्ना

काठमाडौँ । कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको खेलको दौरान चियर लिडर शर्मिला विक घाइते भएकी छन्।  विकलाई तत्काल उपचारका लागि बल्खुको बयोधा अस्पताल लगिएको छ। घाइते विकको अनुहारमा चोट लागेको र खेलको समयमा उनलाई रगत लागेको अवस्था देखिएको...


हेटौंडा सडक विस्तार छिटो अघि बढाउन ट्रक व्यवसायी महासंघको जोड, कानुनअनुसार मुआब्जा उपलब्ध गराउन माग

काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले नारायणगढ–हेटौंडा र पथलैया–हेटौंडा सडक विस्तार कार्यलाई यथाशीघ्र अघि बढाउन सरकारलाई आग्रह गरेको छ। हेटौंडा क्षेत्र वर्षौंदेखि अत्यधिक ट्राफिक चाप, अव्यवस्थित पार्किङ र साँघुरो सडकका कारण जटिल बन्दै गएकाले विस्तार अब अपरिहार्य बनेको...


बीमा प्राधिकरणद्वारा बीमा अभिकर्ताको इजाजतपत्र नवीकरण सम्बन्धी निर्देशन जारी, के आयो नयाँ ब्यवस्था?

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले सम्पूर्ण इजाजतपत्र प्राप्त बीमकहरुलाई बीमा अभिकर्ताको इजाजतपत्र नवीकरण गर्न नयाँ निर्देशन जारी गरेको छ। प्राधिकरणको मंसिर १५ गते बसेको बैठकले बीमा अभिकर्ताको इजाजतपत्र नवीकरण सम्बन्धी निर्देशन जारी गरेको हो । निर्देशनअनुसार जीवन बीमा अभिकर्ताले...


ओमोडा र जेको ब्रान्डका ईभी बेचेर एसपीजी अटोमोबाइल्सले वर्षदिनमा कमायो साढे ३ अर्ब, ‘ओमाडा ई-५’ को माग उच्च

काठमाडौँ । नेपाली अटो बजारमा ओमोडा र जेको ब्रान्डका विद्युतीय (ईभी) सवारी साधनको दबदबा लगातार बढिरहेको छ । उपभोक्ताहरुको उच्च मागका कारण यी ब्रान्डका सवारी साधन सर्वाधिक बिक्री वितरण भइरहेको हो । ओमाडा र जेकोको नेपालका लागि आधिकारिक वितरकको...


घट्यो सुनको मूल्य, मंगलबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । मंगलबार सुन तोलामा ३०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५३ हजार ३०० रुपैयाँ पुगेको छ । यता, चाँदीको मूल्य...


५२ करोड ७० लाखको इनरुवा–कप्ताङगञ्ज सडक ठेक्का रद्द, १६ करोड जमानत जफत गरिँदै

काठमाडौँ । हुलाकी राजमार्गअन्तर्गत सुनसरीको इनरुवा–कप्ताङगञ्ज २२.६६ किलोमिटर सडक खण्ड निर्माणको ठेक्का अन्ततः तोडिएको छ। हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले मंगलबार सार्वजनिक सूचना जारी गर्दै गौरीपार्वती–देव एण्ड सायर–भूमि संयुक्त उपक्रम (जेभी), विराटनगरसँगको ठेक्का सम्झौता रद्द गरिएको जानकारी दिएको...