म्युचुअल फण्डको नाफा ६४.८७ प्रतिशतले बढ्योः शेयर बजारमा लगानी ४२ करोड, कुनको न्याभ कति ?
काठमाडौँ । हालैको सुधारोन्मुख पुँजी बजारसँगै म्युचुअल फन्डको व्यापारमा उल्लेखनीय वृद्धि देखिएको छ। म्युचुअल फन्डका लगानी, नाफा र न्याभ (नेटलाइफ एसेट भ्याल्यू) मा सुधार आउने क्रम जारी रहेको हो। असोज महिनामा संचालनमा रहेका ४३ वटा म्युचुअल फन्डहरूको विवरण अनुसार,...
नेप्सेमा नेपाल ल्युब आयलको २५ प्रतिशत बोनस शेयर सूचीकृत
काठमाडौँ । नेपाल ल्युब आयलको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । विहीबार कम्पनीको २५ प्रतिशत बोनस बापत नेप्सेले १ लाख २२ हजार ४० कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत गरेको हो । सो कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै...
तीन लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट, यी कम्पनीका लगानीकर्ता बने मालामाल
काठमाडौँ । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले सामान्य अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक १३.९५ अंकले बढेर २७४८.७८ को बिन्दुमा कायम भएको छ । बिहीबार कारोबार भएका कम्पनीहरुमध्ये १५९ वटाको शेयरमूल्य बृद्धि...
बजारमा दोहोरो अकंको सुधारः कारोबार रकम देखियो रौनक, किन बजारमा उथलपुथल ?
काठमाडौँ । दुई दिन ओरालो लागेको बजार आज भने दोहोरो अकंले बढेको छ । बजारले अपेक्षा अनुसार सुधार लिन सकेको छैन । बजारमा अहिले लगानीकर्ता मौद्रिक नीतिको प्रतिक्षामा रहेको आंकलन हुन थालेका छन् । सबै सूचक सकारात्मक रहेको बेला...
फाइनान्समा झुम्मिए लगानीकर्ता, जानकी फाइनान्सको सर्वाधिक कारोबार
काठमाडौँ । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले सामान्य अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक १३.४८ अंकले बढेर २७४८.३१ को बिन्दुमा कायम भएको छ । शेयर बजार सामान्य अंकले बढेसँगै कारोबार पनि बृद्धि...
साना तथा मझौला कम्पनीहरूको सेयर निष्कासन र कारोबार प्रक्रिया सम्बन्धी नियमावलीमा कस्तो फरकपन अपनाईदैछ ?
काठमाडौं । साना तथा मझौला कम्पनीहरूको सेयर निस्कासन र कारोबार प्रक्रिया सम्बन्धी नियमावली मन्त्रिपरिषदमा पेश भईसकेको छ। जसमा हाल ऐनमा भएको भन्दा शेयर निस्कासन र सेयर कारोबार प्रक्रियाभन्दा फरक प्रक्रिया अपनाइने भएको छ। प्रस्तावित नियमावली अनुसार २५ करोड रूपैयाँभन्दा...
हिमालयन पावर पार्टनरले हकप्रद जारी गर्ने
काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडले २ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने भएको छ। कम्पनीको कात्तिक २९ गते बसेको सञ्चालक समितिको बैठकले सहवित्तीयकरण बैंकहरूको ऋण भुक्तानी गर्ने प्रयोजनका लागि हकप्रद जारी गर्ने निणर्य गरेको हो। समितिले २ः१ अर्थात् २...
शिवम् सिमेन्ट्सको वित्तीय फड्कोः कमायो १ करोड २७ लाख नाफा, अधिकांश सूचकमा लोभलाग्दो सुधार
काठमाडौँ । शिवम् सिमेन्ट्स लिमिटेडले चालु आर्थिक वर्ष २०८१।०८२ को पहिलो त्रैमासमा नाफामा प्रवेश गर्दै लगानीकर्ताका लागि सकारात्मक संकेत दिएको छ । आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् असोज मसान्तसम्म कम्पनीले १ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको...
धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया अघि बढ्यो, मंसिर ९ मा तीन उम्मेदवारलाई अन्तर्वार्ता
काठमाडौँ । नेपाल सरकार अन्तर्गत अर्थ मन्त्रालयले लामो समयदेखि रिक्त रहेको नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष चयन प्रक्रिया पुनः अघि बढाएको छ । यसअघि सर्टलिस्टमा परेर पनि अन्तर्वार्तामा नगएका तीन प्रमुख आवेदकलाई अन्तरवार्ताका लागि मंसिर ९ गते बोलाइएको...
सांग्रिला बैंकको संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहको शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। बैंकले तीन जना संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको १ लाख ९ हजार ९३ कित्ता शेयर बिक्रीमा राखेको हो। यसअघि यी शेयरहरू बैंककै अन्य संस्थापक शेयरधनीहरूलाई खरीदका...
प्रतिकित्ता रू. २५० मै डिप्रोक्स लघुवित्तको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक समूहको २५ हजार कित्ता शेयर लिलाम मार्फत बिक्रीमा राखेको हो। उक्त शेयर इच्छुक जोकोही लगानीकर्ताले खरीद गर्न सक्नछन्। शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २५० रुपैयाँ तोकिएको...
मर्ज भए दुईवटा ब्रोकर संघ, यस्तो छ ४ बुँदे सम्झौता
काठमाडौँ । नेपालका दुई प्रमुख धितोपत्र ब्रोकर कम्पनी एसोसिएसन मर्जमा गएका छन् । स्टक ब्रोकर एसोसिएसन अफ नेपाल र धितोपत्र ब्रोकर एसोसिएसन नेपालबीच आज साँझ मर्जरसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । स्टक ब्रोकर एसोसिएसन अफ नेपाल पुराना ब्रोकरहरुको संगठन...
शेयर बजार घट्दा पनि पाँच कम्पनीमा सकारात्मक सर्किट, फाइनान्सका लगानीकर्ता मालामाल
काठमाडौँ । साता कारोबारको चौथों दिन अथात बुधबार शेयर बजार दोहोरो अंकले घट्दा पनि पाँच वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज नेप्से परिसूचक १४.१२ अंकले घटेर २७३४.८३ को बिन्दुमा कायम भएको छ । बुधबार सप्तकोशी डेभलपमेन्ट,...
बजारमा ओरालो यात्राको निरन्तरताः खुम्चिदै परिसूचक २७३४ बिन्दुमा, किन बढ्दै छैन मार्केट ?
काठमाडौँ । बजारमा ओरालो यात्राले निरन्तरता दिएको छ । बजार आज पनि दोहोरो अकंले घट्न पुगेको हो । हरियालीका कारण उत्साहित भएका लगानीकर्ताहरूले आजको करेक्शनलाई बजारमा अस्थिरताको संकेतका रूपमा हेरेका छन् । लगानीकर्ताहरू हाल बजारलाई माथि उठाउन नियामक निकायबाट...
फाइनान्स सेक्टरमा झुम्मिए लगानीकर्ता, जानकी र पोखरा फाइनान्सको सर्बाधिक कारोबार
काठमाडौँ । साता कारोबारको चौथों दिन अथात बुधबार पनि शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १४.१२ अंकले घटेर २७३४.८३ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेपनि आज जानकी फाइनान्सको सबैभन्दा बढी कारोबार भएको...
मर्ज हुँदै दुईवटा ब्रोकर संघ, आजै सम्झौतामा हस्ताक्षर हुने
काठमाडौँ । नेपालका दुई प्रमुख धितोपत्र ब्रोकर कम्पनी एसोसिएसन मर्जमा जाने तयारीमा छन्। स्टक ब्रोकर एसोसिएसन अफ नेपाल र धितोपत्र ब्रोकर एसोसिएसन नेपालबीच आज साँझ मर्जरसम्बन्धी सम्झौतामा हस्ताक्षर हुने भएको हो। स्टक ब्रोकर एसोसिएसन अफ नेपाल पुराना ब्रोकरहरुको संगठन...
सम्पदा लघुवित्तको संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा
काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। लघुवित्तले संस्थापक समूहका केही शेयरधनीहरूको स्वामित्वमा रहेको २ लाख १४ हजार ६७२ कित्ता शेयर बिक्रीमा राखेको हो। यसअघि, यी शेयरहरू लघुवित्तकै अन्य संस्थापक सेयरधनीहरूलाई...
लाभांश र मर्जर प्रस्ताव सहित प्राइम बैंकले बोलायो साधारणसभा
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले सत्रौं वार्षिक साधारणसभा मंसिर १९ गते बुधबार काठमाडौैंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लवमा बिहान ११ बजेदेखि गर्ने भएको छ। बैंकको कात्तिक २७ गते बसेको सञ्चालक समितिको बैठकले यो निणर्य गरेको हो। सभाले गत आर्थिक...
मल्टीपर्पस फाइनान्सको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। फाइनान्सले संस्थापक शेयरधनी वासना के.सी. को नाममा रहेको ८ हजार ५४९ कित्ता शेयर बिक्रीमा राखेको हो। उक्त शेयर हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरू मात्रै खरीद गर्न सक्छन्। इच्छुक लगानीकर्ताले...
नेप्सेमा दुई हाइड्रोपावरको शेयर मूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । मंगलबार बिन्ध्यवासिनी हाइड्रोपावर र मंदाकिनी हाइड्रोपावर रहेको शेयर मूल्य समायोजन भएको हो । बिन्ध्यवासिनी हाइड्रोपावरको ८ प्रतिशत बोनस शेयर बापत नेप्सेले मंगलबार शेयर मूल्य...



















