उन्नती सहकार्य लघुवित्तले लाभांश नबाँड्ने
काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नबाँड्ने निर्णय गरेको छ। कम्पनीको मंसिर १८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
प्राइम कमर्सियल बैंकको साधारणसभा आज बस्दै
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको सत्रौं वार्षिक साधारणसभा आज मंसिर १९ गते बुधबार बस्दैछ। सभा काठमाडौैंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लवमा बिहान ११ बजेदेखि शुरू हुनेछ। सभाले गत आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशत कर सहित नगद लाभांश वितरणको प्रस्ताव...
प्रतिकित्ता ४३० रुपैयाँमा छिमेक लघुवित्तको शेयर बिक्रीमा
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको २ हजार ९७७ कित्ता शेयर बिक्रीमा राखेको छ। कम्पनीले सर्वसाधारणले खरिद गर्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। उक्त शेयर यसअघि संस्थापक शेयरधनीहरूलाई खरिदका लागि प्रस्ताव गरिएको थियो। तर तोकिएको...
प्रभु महालक्ष्मी लाइफको झण्डै एक लाख कित्ता शेयर बिक्रीमा
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ। कम्पनीले विभिन्न ५ जना संस्थापक शेयरधनीहरूको नाममा रहेको ९८ हजार ४९० कित्ता शेयर बिक्रीमा राखेको हो। कम्पनीले हाल उक्त शेयर कम्पनीकै अन्य संस्थापक शेयरधनीहरूले मात्रै किन्न...
प्रतिकित्ता १०० रुपैयाँमै कुमारी बैंकको शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक समूहको २२ लाख ४३ हजार ७ कित्ता शेयर लिलाम बिक्रीमा राखेको छ। बैंकले इच्छुक जो कोही व्यक्ति, कम्पनी वा संघसंस्थाले खरीद गर्न पाउने गरी बिक्रीमा राखेको हो। उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १००...
गार्डियन माइक्रो लाइफको पहिलो चरणको आईपीओ बिक्री खुला
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आज (मङ्सिर १९ गतेदेखि) पहिलो चरणको आईपीओ बिक्री खुला भएको छ। कम्पनीले सर्वसाधारणका लागि बिक्री गरीने कुल कित्ता आईपीओमध्ये १० प्रतिशत आईपीओ पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि जारी गरेको हो।...
होटल सब्रिनाले सर्वसाधारणलाई १५ करोडको आइपीओ ल्याउँदै
काठमाडौँ। होटल सब्रिना लिमिटेडले आइपीओ निष्कासनको तयारी गरेको छ । कम्पनीको सोमवार बसेको छैटौं साधारणसभाले आइपीओ निष्कासनको प्रस्ताव पारित गरेको हो । ९० करोड अधिकृत पूँजी र ५३ करोड जारी पूँजी रहेको यस होटलको चुक्तापूँजी ३५ करोड ६५ लाख...
पाँच हाइड्रोपावरमा सकारात्मक सर्किट, यी लगानीकर्ता भए मालामाल
काठमाडौँ । शेयर बजारमा दोहोरो अकंको सुधारले निरन्तरता दिएको छ । बजार उकालो लाग्दा कारोबार रकममा समेत बढोत्तरी भएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.८० अकंले बढेर २७७५.८५ बिन्दुमा कायम भएको छ । आज ३०७ कम्पनीको १ करोड...
बजारमा देखिदै रौनकः साढे ८ अर्बको कारोबार, के छ माथि लम्किने आधार ?
काठमाडौं । शेयर बजारमा आज सुधारको यात्राले निरन्तरता दिएको छ । मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षाले निराश लगानीकर्तालाई पछिल्लो दुई दिनको सुधारले खुसी दिएको हो । बजारले लामो समयदेखि वियरिस चक्र पार गरिसकेको छ र अब वृद्धिको लय समाउन...
मंगलबार यी १० कम्पनीमा झुम्मिए शेयर लगानीकर्ता
काठमाडौँ । शेयर बजारमा सुधारले निरन्तरता दिएको छ । बजारमा सुधार आउँदा शेयर लगानीकर्ता उत्साहित भएका हुन् । यसदिन न्यादी ग्रुपको सर्वाधिक शेयर कारोबार भएको छ । कम्पनीले आज २६ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।...
दाउन्ने एग्रो फार्मले आईपीओ निष्कासन गर्ने
काठमाडौं । दाउन्ने एग्रो फार्म लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव सहित साधारणसभा बोलाएको हो। कम्पनीले मंसिर २८ गते स्टार चितवन प्रा.लि, रत्ननगर–१ मा बिहान ११ बजेदेखि शुरू हुने गरी सभा बोलाएको हो। सभाले सार्वजनिक...
मञ्जुश्री फाइनान्सको केयर-एनपी बीबी रेटिङ यथावत्, दायित्व पूरा गर्ने क्षमतामा चुनौती
काठमाडौं। मञ्जुश्री फाइनान्स लिमिटेडलाई प्रदान गरिएको रेटिङ केयर-एनपी बीबी (इस) [डबल बी (इस्युअर रेटिङ)] पुनः पुष्टि भएको छ। यो रेटिङ नेपालमा वित्तीय दायित्वहरू समयमा पूरा गर्ने सन्दर्भमा मध्यम जोखिम रहेको संकेत गर्छ। केयर रेटिङ्स नेपाल लिमिटेड (सीआरएनएल) ले मञ्जुश्री...
गार्डियन माइक्रो लाइफले भोलिदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ जारी गर्दै
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले भोलि (मङ्सिर १९ गते) देखि पहिलो चरणको आईपीओ निष्कासन गर्दैछ। कम्पनीले सर्वसाधारणका लागि बिक्री गरीने कुल कित्ता आईपीओमध्ये १० प्रतिशत आईपीओ पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि जारी गर्न लागेको हो।...
कोरियाका नेपालीले नेपालको शेयर बजारमा डुबाए अर्बौ रुपैयाँ, लगानी घटाउँदै कामदार
काठमाडौं । कोरियामा ई–९ भिषा अन्तर्गत काम गर्न पुगेका हजारौं नेपालीहरुले अर्बौ रुपैयाँ नेपालको शेयर बजारमा डुबाएको तथ्य खुलेको छ । कोरोनाकालदेखि अनलाईनबाटै मेरो शेयर एप, टिएमएस र मोबाईल बैंकिङ प्रणाली चलाउन पाइने हुँदा कोरियामा रहेका नेपालीहरुले अर्बौ रुपैयाँ...
एफपीओ जारी गर्न महुली लघवित्तलाई बोर्डको अनुमति
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले थप सार्वजनिक निष्कासन (एफपीओ) गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका दरले ४ लाख ७५ हजार ४४९.१५ कित्ता शेयर निष्कासनका लागि अनुमति पाएको हो। यसका लागि धितोपत्र...
सीमान्तकृत नागरिकलाई सहुलियत कर्जा उपलब्ध गराई जलविद्युत आयोजनाको शेयर दिइने
काठमाडौं । सरकारले गरिब र सीमान्तकृत वर्गका नागरिकलाई जलविद्युत आयोजनामा शेयर लगानी गर्न सहुलियत कर्जा उपलब्ध गराउने योजना अघि सारेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनताको जलविद्युत कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि २०७५ संशोधन गरी यो व्यवस्था लागू...
माउन्टेन इनर्जीको लाभांश घोषणा
काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट शेयरधनीहरूलाई १५ प्रतिशत बोनस शेयर र ०.७८९५ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने घोषणा गरेको हो। कम्पनीको मंसिर १७ गते बसेको...
सिवाईसी नेपाल लघुवित्तको शेयर सर्वसाधारणलाई बिक्रीमा, प्रतिकित्ता मूल्य ८६४ रुपैयाँ
काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापम समूहको थप १८ हजार ३६० कित्ता शेयर बिक्रीमा राखेको छ। कम्पनीले इच्छुक जोकोही व्यक्ति, कम्पनी वा संघसंस्थाले खरिद गर्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। हालै कम्पनीले ८८ हजार १८३...
मंसिर २७ देखि हकप्रद निष्कासन गर्दै बलेफी हाईड्रोपावर
काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले मंसिर २७ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले मंगलबार हकपद शेयर निष्कासन गर्ने मिति तय गरेको हो। यो हकप्रद शेयर निष्कासन प्रयोजनका लागि बुक क्लोजको मिति भने कम्पनीले यसअघि नै तय...
प्रतिकित्ता ८६४ रुपैयाँमा सिवाईसी नेपाल लघुवित्तको शेयर बिक्रीमा
काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको ८८ हजार १८३ कित्ता शेयर बिक्रीमा राखेको छ। कम्पनीले विभिन्न १३ जना संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको सो शेयर कम्पनीकै अन्य विद्यमान संस्थापक शेयरधनीहरूका लागि बिक्री खुला गरेको हो। बिक्रीमा...


















