कोरियामा रहेका हजारौं नेपालीहरु शेयर किनबेचमा सक्रिय, मोबाइलबाटै दैनिक करोडौंको कारोबार
सोल-दक्षिण कोरिया । कोरियामा रहेका हजारौं नेपालीहरुले नेपालको पुँजि बजारमा अर्बौ रुपैयाँ लगानी गरेको पाइएको छ । कुनै औपचारिक तथ्याङ्क नभए पनि हजारौं नेपालीहरुले दैनिक करोडौं रुपैयाँको शेयर किनबेच गर्ने गरेका छन् । अनलाईन प्लेटफर्म मोबाइल एपबाटै कोरियामा रहेका...
निर्जीवन बीमा कम्पनीको मुनाफा घटेसँगै ईपीएस प्रभावित, यस्तो छ पछिल्लो शेयरमूल्य (तथ्यांकसहित)
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका अधिकांश निर्जीवन बीमा कम्पनीहरुको मुनाफामा भारी गिरावट आएको छ । कम्पनीहरुको खुद नाफा घटेसँगै त्यसको प्रत्यक्ष असर सो कम्पनीहरुको प्रतिशेयर आम्दानीमा परेको छ । जसका कारण निर्जीवन...
मौद्रिक नीति समिक्षा पर्खि बसेका लगानीकर्ता, कस्तो होला अबको गन्तब्य ?
काठमाडौं । यो साता सेयर बजार लगानीकर्ताका लागि चुनौतिपूर्ण रह्यो। नेप्से परिसूचक ६८ अंकले घट्दै २६ सय बिन्दुमा पुगेको छ, जसले लगानीकर्ताको मनोबलमा थप दबाब सिर्जना गरेको छ। पछिल्लो समय बजारले २८ सय बिन्दुलाई पार गर्ने प्रयास गरे पनि...
सपोर्ट लघुवित्तले बोलायो साधारणसभा, लाभांश र मर्जर प्रस्ताव
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस ६ गते शनिबार १०औं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको मंसिर ६ गते बसेको सञ्चालक समितिको बैठकले इटहरी-४ स्थित दुर्गा पार्टी प्यालेसमा बिहान ११ बजे सभा बस्ने निणर्य गरेको हो। सभाले हाल...
धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०८१: संयुक्त इन्भेष्टमेन्ट कम्पनीको आइपीओ बाटो खुल्ला
काठमाडौँ । गैरआवासीय नेपालीलाई धितोपत्र बजारमा सहभागी गराउन धितोपत्र निश्कासन तथा बाँडफाँड निर्देशिका २०८१ संशोधित गर्दै नयाँ प्रावधान लागू गरिएको छ। अब संयुक्त लगानीमा इन्भेष्टमेन्ट कम्पनी खोल्न सकिनेछ, जसमा नेपाल सरकार र गैरआवासीय नेपालीबीच मात्रै शेयर कारोबार हुनेछ। निर्देशिकाअनुसार,...
यूनाईटेड इदी मर्दीको लाभांश घोषणा, शतप्रतिशत हकप्रद जारी गर्ने
काठमाडौं । यूनाईटेड इदीमर्दी एण्ड आर वि हाईड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष २०८०÷८१ को खुद मुनाफा तथा संचित नाफाबाट चुक्ता पूँजीको कुल ४.२११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। जसमध्ये ४ प्रतिशत बोनस शेयर र ०.२११ प्रतिशत नगद...
मंसिर १६ गतेदेखि हकप्रद निष्कासन गर्दै लिवर्टी ईनर्जी
काठमाडौं । लिवर्टी ईनर्जी कम्पनी लिमिटेडले आउँदो मंसिर १६ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ५० करोड रुपैयाँको १ः०.५० को अनुपातमा ७५ करोड रुपैयाँ बराबरको हकप्रद शेयर जारी गर्न लागेको हो।...
नेप्सेमा सूचीकृत तीन कम्पनीको साधारणसभा आज
काठमाडौं । नेप्सेमा सूचीकृत तीन कम्पनी आशा लघुवित्त वित्तीय संस्था, मन्दाकिनी हाइड्रोपावर र रिडी पावर कम्पनीको साधारणसभा आज बस्दैछ। यी तीन वटै कम्पनीको आज फरकफरक स्थानमा सभा बस्दैछ। आशा लघुवित्तको साधारणसभा बनेपा–७, काभ्रेपलाञ्चोकमा दिउँसो ३ बजे बस्दैछ। सभामा १४.२५...
ग्लोबल आइएमई बैंकको शेयरमूल्य समायोजन
काठमाडौं । नेप्सेमा ग्लोबल आइएमई बैंक लिमिटेडको ५.५ प्रतिशत बोनस सेयरमा भाउ समायोजन भएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य २५५ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात यसको मूल्य २४१.७१ रुपैयाँ कायम भएको छ ।...
मौद्रिक नीतिको पहिलो समीक्षाको पखाईमा लगानीकर्ता, नेप्से ओरालो लाग्दा ८ अर्ब २५ करोडको कारोबार
काठमाडौं । आइतबार ४.९८ अंकले बढेर मंगलबार ५१.११ अंकले घटेको सेयर बजार बुधबार सामान्य वृद्धितर्फ लाग्दै साताको अन्तिम दिन ओरालो लाग्दै बन्द भएको छ। लामो समयदेखि उतारचढावबीच उही बिन्दु वरपर तलमाथि भइरहेको बजारमा मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको पर्खाइमा...
यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कसको कारोबार कति ?
काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से ओरालो लागेर बन्द भएको छ। ङादी गुप्रमा निरन्तर लगानीकर्ताको आकर्षण बढेको देखिन्छ । त्यस्तै, रसुवागढी हाईड्रोपावर, हिमालयन उर्जा, कर्णाली विकास बैंक, नेपाल फाइनान्स, बेष्ट फाइनान्स, स्रांगिला विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, समृद्धि...
धितोपत्र व्यापारीका लागि कारोबार योग्य कम्पनीको सूची सार्वजनिक
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आर्थिक वर्ष २०८१/८२ का लागि धितोपत्र व्यापारी (स्टक डिलर)हरूका लागि कारोबार योग्य कम्पनीहरूको सूची सार्वजनिक गरेको छ। धितोपत्र व्यापारी कार्य सञ्चालन सम्बन्धी कार्यविधि, २०७७ को परिच्छेद २ को दफा ३(२) बमोजिम मापदण्ड पूरा...
बोटलर्स नेपाल (तराई) को लाभांश घोषणा
काठमाडौं । बोटलर्स नेपाल (तराई) लिमिटेडले गत आर्थिक वर्ष २०८०।८१ सम्मको मुनाफाबाट लाभांश घोषणा गरेको छ। कम्पनीले प्रतिशेयर ५० रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। बुधबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त नगद लाभांश वितरण गर्ने निर्णय...
प्राइम कमर्सियल र ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । मंसिर ६ गते बिहीबार प्राइम कमर्सियल बैंक र ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यी दुवै बैंकले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि मंसिर ९ गते आइतबार बुक क्लोज गर्दैछन्। मंसिर ७...
कुमारी बैंकको १ लाख ३१ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक समूहको शेयर बैंककै शेयरधनीहरूका लागि बिक्री खुला गरेको छ। बैंकले आफ्ना केही शेयरधनीको स्वामित्वमा रहेको १ लाख ३१ हजार ६२८ कित्ता शेयर बिक्री खुला गरेको हो। उक्त शेयर किन्न इच्छुक संस्थापक लगानीकर्ताले ३५...
८ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, यी हुन् सर्वाधिक बृद्धि भएका कम्पनीहरु
काठमाडौं । कारोबार साताको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ९.०९ अंकले बढेर २७११.७५ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै आठ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।...
ङादी गुप्रको सर्वाधिक कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । नेप्से आज उकालो लागेको छ ।ङादी गुप्रको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, जानकी फाइनान्स, नेपाल फाइनान्स, हिमालयन उर्जा, बेष्ट फाइनान्स, सप्तकोशी डेभलपमेन्ट, मितेरी डेभलपमेन्ट बैंक, पिपुलस हाईड्रोपावर, कर्णाली विकास बैंक र माथिल्लो मैलुङ्गको सर्वाधिक काराबोर भएको छ।...
९ अकंले बढ्यो बजारः कारोबार रकम खुम्चिदा परिसूचक २७११ बिन्दुमा, मौद्रिक नीतिले ल्याउँला चमक ?
काठमाडौँ । शेयर बजारमा आज एकल अकंको सुधार देखिएको छ । लगानीकर्ताको मनोबल कमजोर हुँदा बजारले गति लिन सकेको छैन । अहिले लगानीकर्ता पर्ख र हेरको रणनीतिमा रहेका छ । नेपाल राष्ट्र बैंकले अब छिट्टै मौद्रिक नीतिको पहिलो समिक्षा...
सूर्योदय वोमी लघुवित्तको लाभांश घोषणा
काठमाडौं । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनीको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजी (१ अर्ब ४ करोड ३६ लाख ६६...
सुपरमाई हाईड्रोपावरको साधारणसभा मंसिर २८ गते बस्दै
काठमाडौं । सुपरमाई हाईड्रोपावर लिमिटेडको दशौं वार्षिक साधारणसभा मंसिर २८ गते शुक्रबार बस्दैछ। कम्पनीको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले नक्सालस्थित लसरा रिसेप्सन्स् प्रा. लि. मा अपरान्ह ४ बजे सभा बस्ने निर्णय गरेको हो। सभामा हाल कायम चुक्ता...

















