एचआईडिसिएलको वित्तीय विवरण सार्वजनिक, २० प्रतिशतले नाफा घट्यो

२७ बैशाख २०७८, सोमबार १२:११

काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी (HIDCL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार २० प्रतिशतले कम्पनीको नाफा घटेको हो ।

कम्पनीको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६३ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको छ जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.९४ प्रतिशतले कम हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले ८० करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । चालु आ.व.मा कम्पनीको आम्दानी घट्दा खुद नाफा पनि घटेको हो ।

चालु आ.व. को यस अवधिमा ग्राहकबाट हुने आम्दानी २१ प्रतिशतले घटेर ९९ करोड ९० लाख रुपैयाँमा झरेको छ । गत वर्ष यस्तो आम्दानी १ अर्ब २६ करोेड रुपैयाँ थियो ।

त्यस्तै यस अवधिमा कम्पनीको लगानी ४५ प्रतिशतले बढेर १ अर्ब १४ करोड रुपैयाँ पुगेको छ भने बैंक डिपोजिट ९ प्रतिशतले घटेको छ । कम्पनीको जगेडा कोषमा ५ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*