नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा राष्ट्र बैंकको कैची, २००% हकप्रदलाई १००% मात्रै अनुमति

२१ जेष्ठ २०७८, शुक्रबार १३:५१

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले निष्काशनका लागि प्रक्रिया अघि बढाएको १००% हकप्रदका लागि नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले अनुमति दिएको छ । नेपाल राष्ट्र बैंकले सो विकास बैंकको हकप्रदमाथि कैची लगाउँदै २००% बाट १००% मा झारेको हो ।

पुँजि बृद्धिका लागि सो विकास बैंकले १ः१ रेसियोमा निष्काशन गर्न लागेको हकप्रद स्वीकृत भएसँगै उक्त विकास बैंकका लगानीकर्ताले आईपिओकै मूल्यमा नयाँ शेयर पाउने भएका छन् ।

कम्पनीले गत माघ १६ गने सम्पन्न वार्षिक साधारण सभाबाट दोब्बर अर्थात १ः२ को अनुपातमा हकप्रद जारी गर्न अनुमति माग्दै केन्द्रीय बैंक पुगेकोमा राष्ट्र बैंकले आधा कटौती गर्दै शतप्रतिशतमा झारेको हो ।

कम्पनीले हाल कायम रहेको १३ करोड १२ लाख ३३ हजार पूँजीको आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासन पश्चात २६ करोड २४ लाख ६६ हजार कूल चुक्ता पुँजि हुनेछ । कम्पनीले २०० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेपछि दोस्रो बजारमा उक्त बैंको शेयरको ठूलो कारोबार भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*