एशियन लाइफ इन्योरेन्सले नविकरण ब्याजमा छुट दिने
२१ जेष्ठ २०७८, शुक्रबार १६:१०
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले नविकरण बीमाशुल्कमा ब्याज छुट दिने भएको छ ।कम्पनीले कोरोना महामारीको अवस्थालाई मध्यनजर गर्दै नविकरण बीमाशुल्क भुक्तानी गर्न बाँकि रहेका बीमितहरुको लागि २०७८ बैशाख १६ गते देखि नविकरण बीमाशुल्कमा लाग्ने ब्याजमा छुट दिने भएको कम्पनीले जनाएको छ ।
कम्पनीले अर्को सूचना जारी नभएसम्मको लागि मात्र लागू हुने जनाएको छ।