प्रम ओलीद्वारा मन्त्रिपरिषद पुनर्गठन, राष्ट्रपति निवासमा शपथ सम्पन्न, को को भए मन्त्री ?

२१ जेष्ठ २०७८, शुक्रबार २०:२५

अपडेटः राष्ट्रपति कार्यालयमा केहीबेर अघि शपथ ग्रहण सकिएको छ । केही मन्त्रीहरुले आजै र केहीले भोलि पदभार ग्रहण गर्नेछन ।

…………………………………………….

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावी सरकार पुनर्गठन गरेका छन् । नयाँ गठन भएको मन्त्रिपरिषदमा वर्तमान अर्थमन्त्री विष्णु पौडेल बढुवा भई उपप्रधानसहितको अर्थमन्त्री बनेका छन् ।

प्रधानमन्त्री ओलीले मौजुदा मन्त्रिपरिषद पुनर्गठन गरी १७ सदस्यीय नयाँ मन्त्रिपरिषद बनाएका छन् । उनले नयाँ बनाएको मन्त्रिपरिषदको तेस्रो बरियतामा राजेन्द्र महतो उपप्रधानमन्त्री बनेका छन् । त्यसैगरी, रघुविर महासेठ पनि उपप्रधानमन्त्रीमा बढुवा भएका छन् । उनलाई परराष्ट्र मन्त्रालय दिइएको छ । जसपाका राजेन्द्र महतोको नेतृत्वमा आठ जना फूल मन्त्री र दुई जना राज्य मन्त्री सहित कूल १० जना मन्त्री बनेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*