प्राइम लाइफ इन्स्योरेन्स १४ औं बर्षमा प्रवेश

२२ जेष्ठ २०७८, शनिबार १२:०५

काठमाडौं । प्राईम लाईफ इन्स्योरेन्स कम्पनी आजबाट १३ औं वर्ष पुरा गरी १४ औं वर्षमा प्रवेश गरेको छ । १३ औं बार्षिकोत्सवको मनाइरहँदा कम्पनीले आगामाी दिनमागर्ने सुखद यात्राका चित्रहरु कोर्न सफल भएको छ । तथ्याङ्क तथा सूचांकहरुले प्राईम लाईफ इन्स्योरेन्स कम्पनी सफल कम्पनी बन्न अग्रसर हुँदै गरेको देखिएको छ ।

कुल २ अर्ब ४१ करोड रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीमा जगेडा कोषमा ६२ करोड ५२ लाख ९९ हजार र जीवन बीमा कोष १४ अर्ब ३६ लाख १९ हजार रुपैयाँ संचित रहेको छ।कम्पनीले आफनो १४ औ वार्षिकोत्सव को उपलक्ष्यमा “प्राइम शुभलाभ बीमा योजना” ल्याएको छ ।जस्ले ग्राहकहरुको नविनतम आवश्यकता लाई पूरा गर्ने विश्वास कम्पनीले लिएको छ ।

निरन्तर नविन योज ग्राहकको आर्थिक सुरक्षा, दीर्घकालिन सम्पन्नता तथा विश्वसनीय सेवा मार्फत नेपालको नेतृत्वदायी भुमिका निर्वाह गरी मुलुकको समग्र विकासमा योगदान गर्ने परिकल्पना सहित कम्पनी अघि बढिरहेको कम्पनीले जनाएको छ ।

कम्पनीले यसै अवसरमा नियमनकारी निकाय, लगानीकर्ता, बीमित, अभिकर्ता, कर्मचारी तथा अन्य प्रत्यक्ष तथा अप्रत्यक्ष सरोकारवालाहरु लगायत सम्पूर्ण शुभचिन्तकहरुमा विशेष आभार ब्यक्त गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*