सानिमा लाइफको तेस्रो बार्षिक साधारणसभा आज, ६० लाख कित्ता आईपिओ पारित गर्दै

२३ जेष्ठ २०७८, आईतवार ०७:४२

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा आज काठमाडौंमा हुँदै छ । कम्पनीको तेस्रो बार्षिक साधारणसभाले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपिओ पारित गर्दैछ ।

साधारणभाले आर्थिक वर्ष २०७५।०७६ को वार्षिक प्रतिवेदन उपर छलफल गर्नुका साथै वित्तीय विवरणहरु तथा अध्यक्षको प्रतिवदेन पारित गर्ने कार्यक्रम रहेको छ । त्यस्तै, सभामा लेखापरीक्षक नियुक्ती गर्ने र सञ्चालक समिति सदस्यहरु बैठक भत्ता तथा अन्य सुविधाहरु पुनरावलोकन गर्ने प्रस्ताव रहेको छ ।

सो कम्पनीको साधारण सभा प्रधान कार्यालय कमलादी, काठमाडौंमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट शुरु हुनेछ । कम्पनीको साधारण सभापछि आईपिओ जारी गर्ने मार्ग प्रसस्त हुनेछ । कम्पनीले आईपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गर्दैछ भने आव २०७५।०७६ को वित्तीय विवरण साधारणसभाबाट पारित भएपछि आईपिओ जारी गर्न योग्य हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*