आजबाट पेट्रोलको मूल्य प्रतिलिटर १२५ पुग्यो

२३ जेष्ठ २०७८, आईतवार १०:४८

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरी बढेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुन बढाएको हो ।

शनिबार राती १२ बजेबाट लागू हुनेगरी निगमले डिजेल, पेट्रोल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटरमा दुई रुपैयाँले बढाएको हो । निगमले मूल्य बढाएसँगै अब उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२५ रुपैयाँ पुगेको छ ।

त्यस्तै डिजेल तथा मट्टितेलको १०८ रुपैयाँ र हवाई इन्धन आन्तरिकतर्फको मूल्य प्रतिलिटरमा ८० रुपैयाँ पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*