सुनको भाउ ७ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

२३ जेष्ठ २०७८, आईतवार ११:२१

काठमाडौं । सुनको मूल्य फेरी उकालोतर्फ लागेको छ । आज सुन तोलामा ७ सयले बढेको छ भने चाँदी तोलामा १५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ७ सयले बढेर छापावला सुनको मूल्य प्रतितोला ९४ हजार १ सय रुपैयाँ, तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ६ सय रुपैयाँ पुगेको छ । त्यस्तै चाँदीको मूल्य १५ रुपैयाँले बढेर तोलामा १ हजार ३ सय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यसअघि गत शुक्रबार भने छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ४ सय रुपियाँ, तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ९ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ४० रुपियाँ कायम गरिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*