ऐतिहासिक रेडर्क राख्दै २९१० पुग्यो नेप्से, ४० मिनेटमा ५३ अंकको बृद्धि

२३ जेष्ठ २०७८, आईतवार ११:४५

काठमाडौं । कोरोना महामारीको समयमा नेपाली पुँजि बजारमा चमत्कारिक बृद्धि भएको छ । जेठ महिनाको अन्तिम साताको आज पहिलो दिन नेप्सेमा विहानै उछाल आएको छ । कारोबार सुरु भएको ४० मिनेटमा नेप्से ५३.५ अंकले बृद्धि हुँदा समग्र मूल्य परिसूचक २९१० पुगेको छ ।

यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक बृद्धि हुने क्रम जारी छ । आज ४० मिनेटमै तीन अर्ब ६३ करोड भन्दा बढि कारोबार भएको नेप्सेले जनाएको छ । केही दिनदेखि उच्च गतिमा बढिरहेको नेप्से आज विहानै एकाएक बृद्धि भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*