नागरिक लगानी कोषको साधारणसभा असार १८ गते, बुक क्लोज हुदै

२३ जेष्ठ २०७८, आईतवार १२:०७

काठमाडौं । नागरिक लगानी कोषले आगामी असार १८ गते २६ औं बार्षिक साधारणसभा गर्ने भएको छ । कोषको यही जेठ २१ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभाको मिति तय गर्दै बुक क्लोज मिति समेत घोषणा गरेको हो । बोनस शेयर नगद लाभांश समेत गरी १७.८ प्रतिशत लाभांश दिने निर्णय गरेको कोषको साधारणसभापछि लगानीकर्ताले उक्त प्रस्ताव समेत पारित गर्नेछन् ।

कोषको बार्षिक साधारणसभा असार १८ गते, कोषको केन्द्रीय कार्यालय नयाँ बानेश्वर काठमाडौंमा आह्वान गरिएको छ । साथै कोषले साधारणसभा प्रयोजनको लागि आगामी असार ८ गतेदेखि शेयर दाखिला बन्द हुने जनाएको छ । कोषका अनुसार असार ७ गतेसम्म धितोपत्र कारोबार भई कायम भएका शेयरधनीहरुले मात्रै साधारणसभामा भाग लिन लाभांश लिन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*