निषेधाज्ञामा एनएलजी, प्रिमियर र युनाइटेड इन्स्योरेन्सको प्रगति, शिखर सबैभन्दा अगाडि (तथ्याङ्क सहित)

२३ जेष्ठ २०७८, आईतवार १३:३८

काठमाडौं । कोरोना महामारीका कारण सरकारले घोषणा गरेको निषेधाज्ञाकै बीचमा एनएलजी र प्रिमियर इन्स्योरेन्स कम्पनीले बीमा व्यवसाय बृद्धि गर्न सफल भएका छन् । प्रतिस्पर्धी कम्पनीहरुलाई उछिन्दै उनीहरुको अवस्थामा सुधार भएको पाइएको छ । त्यस्तै युनाइटेड इन्स्योरेन्स कम्पनीको बीमा व्यवसायमा सुधार आएको छ । गत वर्षसम्म सूचांकमा अन्तिम किनारामा रहने कम्पनी बैशाखम महिनामा ९ औं स्थानमा उक्लिन सफल भएको छ ।

चालु आवको बैशाख महिनामा नेपाल सञ्चालित १९ निर्जिवन बीमा कम्पनीहरुले करिब पौने दुई अर्ब बीमा शुल्क संकलन गरेका छन् । बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार राष्ट्रिय बीमा संस्थान बाहेकका १९ कम्पनीले एक अर्ब ७२ करोड रुपैयाँ कूल बीमा शुल्क संकलन गरेका छन् । एक महिनामा कूल एक लाख ३६ हजार ७४७ वटा बीमा पोलिसीमार्फत सो रकम संकलन गरेका हुन् ।

स्रोतः बीमा समिति

प्राप्त तथ्याङ्क अनुसार शिखर इन्स्योरेन्सको अग्रता कायमै छ । सो कम्पनीले कूल १९ हजार ५५५ वटा बीमा पोलिसी बिक्री गरी सबैभन्दा अगाडि छ । सो कम्पनीले निषेधाज्ञाका बीचमा बैशाख महिनामा २३ करोड रुपैयाँ बीमा शुल्क आम्दानी गर्न सफल भएको छ । दोस्रो स्थानमा नेको परेको छ । सो कम्पनीले १५ हजार ९९७ वटा बीमा पोलिसी बिक्री गरी १४ करोड रुपैयाँ कूल बीमा शुल्क संकलन गरेको छ । त्यस्तै तेस्रो स्थानमा सिदार्थ इन्स्योरेन्स परेको छ । सो कम्पनीले १३ करोडको व्यवसाय गरेको छ ।

त्यस्तै केही पछाडि रहेको प्रिमियर इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स कम्पनीले सगरमाथालाई उछिन्न सफल भएका छन् । बैशाख महिनाको तथ्याङ्क अनुसार प्रिमियर १३ करोडको व्यवसायसहित चौथो स्थानमा र एनएलजी १२ करोडको व्यवसायसहित पाँचौ स्थानमा उक्लिएका छन् ।

यस पटक सगरमाथा इन्स्योरेन्स कम्पनीले नौ करोडको व्यवसाय गरेको छ । त्यस्तै, आईएमई जनरल, लुम्बिनी जनरल र युनाइटेड इन्स्योरेन्स कम्पनीले नौ–नौ करोडको बीमा व्ववसाय गरेका छन् । त्यस्तै, प्रुडेन्सियल र नेपाल इन्स्योरेन्सले आठ करोड, अजोड इन्स्योरेन्सले सात करोड, हिमालयन जनरल, दि ओरियन्टल, सानिमा जनरल र एभरेष्ट इन्स्योरेन्सले छ करोडको व्यवसाय गरेका छन् । नेशनल इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सले पाँच करोड तथा जनरल इन्स्योरेन्स कम्पनीले चार करोडको व्यवसाय गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*