नेप्सेमा ग्लोबल आईएमई लघुवित्तको सेयर सूचिकृत

२३ जेष्ठ २०७८, आईतवार १४:५१

काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएको छ ।

नेप्सेमा संस्थाको १० लाख ८ हजार कित्ता सेयर आज आईतबार सूचिकृत भएको हो । नेप्सेका अनुसार अनुसार ग्लोबल आइएमई लघुवित्तले स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडलाई १ः०.९० को अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको प्रति सेयर अंकित तथा चुक्ता मूल्य एक सय रूपैयाँ दरको १० लाख ८ हजार २ सय ६१ दशमलव ७८ कित्ता सेयर धितोपत्र सूचिकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचिकृत भएको हो ।

साथै नेप्सेले संलग्न सम्झौता बमोजिमका शर्तहरु पालना गर्नुपर्ने गरी आजको मिति जेठ २३ को निर्णअनुसार संस्थाको सो शेयर सूचिकृत गरिएको सूचना जारी गर्दै संस्थालाई जानकारी गराएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*