अभिकर्ताबाट ऋण असुल गर्ने जिम्मेवारी बीमा कम्पनीलाई नै दिने बीमा समितिको निर्णय

खाता सुचारु नभएसम्मा मान्दैनौंः पेशागत बीमा अभिकर्ता संघ
२३ जेष्ठ २०७८, आईतवार १५:०४

काठमाडौं । बीमा समितिले जीवन बीमा कम्पनीहरुले आफ्ना अभिकर्तालाई दिएको ऋण उठाउने जिम्मा सम्बन्धित कम्पनीकै हुने गरी नयाँ निर्णय गरेको छ । बीमा अभिकर्ताहरुले बीमा समितिका विरुद्धमा आन्दोलनको तयारी गरेपछि बीमा समितिको आजको बैठकले यस्तो निर्णय गरेको हो ।

बीमा समितिका अध्यक्ष सूर्य सिलवालले बीमा कम्पनीहरुले कति वर्षमा आफ्ना अभिकर्तामा प्रवाह भएको ऋण असुल गर्न सक्छन्, सो को कार्ययोजना बीमा समितिमा बुझाउनुपर्ने गरी बीमा अभिकर्ताको ऋण चुक्ताको समस्या हल गरिएको बताए । अध्यक्ष सिलवालका अनुसार बीमा कम्पनीहरुले अभिकर्तासँग गरेको सम्झौता अनुसार कति वर्षमा ऋण असुल उपर गर्न सक्ने हो सोको विवरण माग गर्ने र कम्पनी आफैलाई ऋण उठाउने जिम्मेवारी दिने निर्णय भएको बताए ।

बीमा कम्पनीका सिईओहरुले बीमा अभिकर्ताले लिएको ऋण असारसम्म चुक्ता गर्न नसक्ने भएकोले समय थप्न माग भए अनुसार निर्णय भएको बीमा समितिले जनाएको छ ।

उता, बीमा अभिकर्ताहरुले भने आफ्ना खाताहरु तत्काल खुल्ला नभएसम्म कुनै प्रकारको सम्झौता नहुने जनाएका छन् । पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष नन्द प्रसाद तिवारीले बैशाख २ गतेको पत्र खारेज भई जीवन बीमा अभिकर्ताहरुको खाता सुचारु नभएसम्म आन्दोलन नरोकिने बताए । उनले भने, ‘महामारीको समयमा अभिकर्ताको खाता रोक्का छ, बीमा समिति र बीमा कम्पनीहरु मिलेर टालटुले निर्णय गरे हामी मान्दैनौं ।’ साथै अध्यक्ष तिवारीले बीमा अभिकर्ताहरुसँग कुनै प्रकारको छलफल नभएकोले बीमा समितिको निर्णय सहमतिमा नभएको प्रष्ट पारेका छन् ।

One thought on “अभिकर्ताबाट ऋण असुल गर्ने जिम्मेवारी बीमा कम्पनीलाई नै दिने बीमा समितिको निर्णय

  1. यतिराज अधिकारी says:

    कोभिड 19को दोस्रो लहरले नेपालको मात्र हैन बिस्वको जनजिबन प्रभाबित भईरहेको छ।यश विषम परिस्थितीको मारमा श्रमजिबी मजदुर किसान सम्पुर्ण ब्यबसायहरु ठप्प छन जस्को कारण समग्र ब्यक्ती परिवार समुदाय र राष्ट्रको अर्थतन्त्र नै धरासायी बन्दै गैरहेको छ यो जग जायरै छ यश प्रतिकुल परिस्थिलाई नजर अन्दाज गर्दै बिमा कम्पनी र बिमा समितिको मिलेमतोमा बिमा ब्यबसायको मेरुदन्ड मनियको ब्यसायिक बिमा अभिकर्ता माथी यो या त्यो बाहाना बनाउदै हातखुट्टा भाच्ने र गरि पटक पटक आक्रमण भैरहेको छ यो कार्य निन्दनिय छ ।यो निर्णय हामी ब्यबसायिक अभिकर्ताको लागि मात्र नभइ स्वयम् बिमा कम्पनी बिमा समिती बिमा बजार बिमित र देशको अर्थतन्त्र सबै सबैका निमति घातक छ।तत्कालीन केही उच्चपद्स्थ ब्यक्ती र बिचौलिया बर्ग बिचको ब्यक्तिगत स्वार्थका कारण अहिले देश नै अनिर्णयको बन्दी बनिरहेको बेला बिमा क्षेत्रमा पनि चलखेल गरियको प्रष्ट भैसकेको र समयमै यस्को समाधान तिर नलाग्ने हो भने यस्ले बिमा क्षेत्रमा नकरात्मक दुर्गामी असर पुग्ने निश्चित छ।त्येसैले ब्यबसायिक अभिकर्ताहरु समय मै समस्याको समाधन खोजी बिमा सेवालाई थप सुरक्षित ब्यबस्थित र मर्यादित बनाउनु पहिलो कर्तब्य हो र यश प्रती सचेत छौ भन्ने बिस्वास ब्यक्त गर्दै यो बिषयमा बिमा सन्चालक समिती ब्यबस्थापन पक्ष नियमनकरी निकाय बिमा अभिकर्ता माहासङ्घ नेपाल बिमक अभिकर्ता सङ्घठन सबै सबैलाई गम्भीर समीक्षा गर्न ध्यानकर्षण गराउन चाहन्छु ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*