नेप्सेमा छलाङ, ५० अंकले बढ्दा १७ अर्ब माथीको कारोबार

२३ जेष्ठ २०७८, आईतवार १५:२७

काठमाडौं । आज साताको पहिलो दिन आइतबार नेप्से उत्कृष्ट अंकले बढेको छ । नेप्से परिसूचक आज ५० दशमलव १३ अंकले बढेर २९०६.८९ विन्दुमा पुगेको छ ।

आज २१८ कम्पनिले ३ करोड ७४ लाख ५५ हजार १८९ कित्ता शेयर किनबेच गर्दा १७ अर्ब २७ करोड १७ लाख ८७ हजार ५२५ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै नेप्सेको समूहमा रहेको १३ उपसूमह मध्ये आज ६ समूह बाहेकका सबै समूहमा हरियाली कायम भएको छ । सबैभन्दा उच्च कारोबार गर्ने समूहमध्ये आज विकास बैंक समूहमा ९६.३१ अंकले बढेर उच्च कारोबार भएको छ । साथै बैकिङ समूहमा ६९.८५ अकले बढेको छ । लगत्तै वित्त समूहमा २७.७२ अंक, अन्य समूहमा ६६.९४ अंक, लघुवित्त समूहमा ४.२८ अंक, म्युचुअल फण्डमा ०.२४ अंक र लगानी समुहमा ४.०३ अंकले बढेर हरियाली छाएको छ ।

त्यस्तै आज ६ वटा समूह भने राताम्यमा परिणत भएका छन् । व्यापार समूहमा ४३.२८ अंक, होटल तथा पर्यटन समूहमा १८.९८ अंक, जलविद्युत समूहमा ४६.८३ अंक, निर्जीवन बीमा समूहमा ८३.३१ अंक, उत्पादन तथा प्रशोधन समूहमा ६७.२८ अंक र जीवन बीमा समुहमा १२५.४ अंकले गिरावट आई राताम्य भएका हुन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*