सिटिजन लाइफको पाल्पा शाखाद्धारा दुई मृत्यु बीमा दाबी भुक्तानी

२३ जेष्ठ २०७८, आईतवार १८:१७

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको पाल्पा शाखाले एकै दिनमा दुई मृत्यु बीमा भुक्तानी गरेको छ।एक बर्ष अगाडी कम्पनीको पाल्पा शाखाबाट १० लाख रुपैयाँ बराबरको बीमाङ्कको डबल सुरक्षा योजना भएको सिटिजन शुभारम्भ योजना बीमालेख लिनुभएकी गल्याङ –५ मिर्मीकी तुलसी घर्तीको बीमाा गरेको एक बर्षमा मृत्यु भए पछि दाबी भुक्तानी बापतको ११ लाख ३० हजार रुपैयाँको चेक रकम मृतकका छोरा अमृत जि.सी लाई हस्तान्तरण गरेको हो।

त्यस्तै, पाल्पा शाखा बाटै ५ लाख बिमाङ्कको सुभारम्भ बीमा योजना खरिद गर्नु भएका तिनाउ गाउपालिका पाल्पा निवासी कुल चन्द्र पुरिको मृत्यु भए पछि दाबी भुक्तानी बापतको ५ लाख ६७ हजार रुपैया मृतककी श्रीमती नैना पूरिलाई हस्तान्तरण गरेको हो ।

कार्यक्रममा पाल्पा शाखा प्रबन्धक विजय कार्कीले कम्पनी र जीवन बीमाको महत्वको बारे प्रकाश पार्नुका साथै मृतकको परिवारले दुई गुणा बिमान्क अन्तर्गत थप एक गुणा बिमा रकम बिमा समाप्ती अवधीमा सोही परिवारलाई फेरि भुक्तानी दिने जानकारी गराए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*