नेपाल सेवा लघुवित्तको छैठौं वार्षिक साधारण सभा आज

२४ जेष्ठ २०७८, सोमबार ११:०७

काठमाडौं । नेपाल सेवा लघुवित्तको छैठौं वार्षिक साधारण सभा आज हुँदै छ । कम्पनीले इन्द्रावती सामुदायिक सेवा केन्द्र फटकशीला ८, सिन्धुपाल्चोकमा हुदैं छ।उक्त सभाले नेपाल सेवा लघुवित्त र विन लघुवित्त एक आपसमा गाभिने प्रस्ताव छलफल गरी पारित गर्नेछ ।

दुई लघुवित्तले गाभिने प्रयोजनको लागि मूल्याङ्कनकर्ताबाट प्राप्त प्रतिवेदनसमेतको आधारमा निर्धारण गरिएको शेयर आदान प्रदान अनुपातलाई पारित गरी मर्जरलाई स्वीकृति प्रदान गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ ।
मर्जर प्रयोजनका लागि गत पुस १ गतेदेखि नेपाल सेवा लघुवित्तको शेयर कारोबार रोक्का रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*