युनियन हाइड्रोपावरको साधारण सभा असार २५ मा, बुक क्लोज कहिले ?

२४ जेष्ठ २०७८, सोमबार ११:२२

काठमाडौं । युनियन हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभाको मिति तय भएको छ । कम्पनीले तेह्रौं र चौधौं वार्षिक साधारण सभा आउँदो असार २५ गते गर्ने निर्णय गरेको हो ।

कम्पनीको जेठ २३ गते बसेको संचालक समितिको बैंठकको निर्णयअनुसार कम्पनीको १३ औं (आ.व. २०७५÷०७६) र १४ औं (आ.व. २०७६÷०७७) वार्षिक साधारण सभा बस्ने निर्णय भएको छ । निर्णयअनुसार सभा आउँदो असार २५ गते बिहान ११ बजे बोलाइएको हो ।

कम्पनीको १४ औं साधारण सभाबाट कम्पनीको नयाँ संचालक समिति गठनको लागि संचालकहरुको निर्वाचन गरिनेछ । साथै साधारण सभा प्रयोजनको लागि असार १५ देखि असार २५ गतेसम्म शेयर दाखिला खारेज बन्द रहने छ । सो आधारमा असार १४ गतेसम्म कायम रहेका शेयरधनीले मात्रै साधारण सभामा भाग लिन पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*