राष्ट्र बैंकद्धारा भोलिदेखि आरटीजीएस प्रणाली साताको सबै कारोबार दिन पूर्ण रुपमा संचालन गर्ने निर्देशन

२४ जेष्ठ २०७८, सोमबार ११:४२

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलीदेखिे रियल टाइम ग्रस सेलमेन्ट (आरटीजीएस) प्रणाली साताको सबै कारोबार दिन पूर्ण रुपमा संचालन गर्न निर्देशन दिएको छ ।

केन्द्रीय बैंकले जेठ २५ गतेदेखि जेठ ३१ गतेसम्म नेपाल सरकारको विद्युतीय कोष हस्तान्तरण कारोबार फट्र्यौटका लागि साताको सबै कारोबार दिन पूर्ण रुपमा संचालन गर्न निर्देशन दिएको छ ।राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार असार १ गतेदेखि भने कारोबार समय २ बजेसम्म कायम गरेको छ ।

राष्ट्र बैंकले अर्को सूचना जारी नभएसम्म साताका सबै कारोबार दिनहरुमा आरटीजीएस प्रणालीमा संक्षिप्त ‘बिजनेस डे शुक्रबार मर्निङ एक्सचेन्ज पिरियड फर कस्टुमर एण्ड इन्टर बैंक पेमेन्ट’लाई दिउसो २ बजेसम्म कायम गरेको सूचना मार्फत जनाएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*