सिंगटी हाइड्रो इनर्जी कम्पनीद्धारा शेयरधनीलाई शेयर अभौतिकीकरण गर्न आग्रह

२४ जेष्ठ २०७८, सोमबार ११:४९

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी कम्पनीले शेयरधनीलाई शेयर अभौतिकीकरण गर्न आग्रह गरेको छ। कम्पनीले एक सूचना जारी गर्दै संस्थापक र सर्वसाधारण (स्थानिय )शेयरधनीलाई शेयर अभौतिकीकरण गर्न आग्रह गरेको हो ।

धितोपत्र सम्बन्धी ऐन २०६३ अन्तर्गत हाल सूचीकृत कम्पनीहरुले जारी गर्ने धितोपत्रहरु भौतिक प्रमाणपत्र रहित गरी विद्युतीय रुपमा मात्र निष्काशन गर्नुपर्ने व्यवस्था भएकाले सम्बन्धित शेयरधनीले शेयर अभौतिकीकरण गर्न आग्रह गरेको हो ।

कम्पनीले आफूसँग भएको सक्कल प्रमाणपत्रसहित शेयर रजिष्ट्रार मेगा क्यापिटल मार्केट्समा पेश गर्न आग्रह गरेको छ ।

One thought on “सिंगटी हाइड्रो इनर्जी कम्पनीद्धारा शेयरधनीलाई शेयर अभौतिकीकरण गर्न आग्रह

  1. मुकेश कायस्थ says:

    धेरै राम्रो छ।अझै राम्रो होस।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*