एक करोड ४६ लाख बीमाको दायरामा ! नेपालमा बीमाको पहुँच कति ?

२४ जेष्ठ २०७८, सोमबार १४:०५

काठमाडौं । नेपालमा बीमाको पहुँच गणना गर्दा त्रुटीपूर्ण विधि अपनाएको फेला परेको छ । नेपाल सरकारले सार्वजनिक गरेको तथ्याङ्कमा २३ प्रतिशत जनता बीमाको दायरामा आएको उल्लेख छ ।

नेपालमा बीमाको पहुँचबारे नेपाल सरकार अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको तथ्याङ्क झूठो रहेको खुलासा भएको छ । बीमापोष्टले संकलन गरेको तथ्याङ्कमा नेपालको एक करोड ४६ लाख जनसंख्यामा बीमा पुगेको देखिएको छ । यद्यपि उक्त तथ्याङ्कको दोहोरिएको हदसम्म कटौति गर्न बाँकी छ ।

प्राप्त तथ्याङ्क अनुसार स्वास्थ्य बीमा गर्नेको संख्या ३९ लाख रहेको छ । नेपालका ७५ वटा जिल्लामा सेवा प्रवाह भइरहेको स्वास्थ्य बीमामा करिब आठ लाख घर परिवार आबद्ध छन् । स्वास्थ्य बीमा बोर्डमार्फत भइरहेको बीमा स्वास्थ्य स्वास्थ्य बीमा सेवा मात्रै प्रवाह गर्दै आइरहेको छ ।

नेपालमा हाल जीवन बीमा गरेकाहरुको संख्या ७६ लाख ८५ हजार ५७७ जना छन् । बीमा समितिबाट प्राप्त तथ्याङ्क अनुसार बैशाख महिनासम्ममा कायम रहेको बीमा पोलिसीबाट सो तथ्याङ्क निकालिएको हो । त्यस्तै, बैदेशिक रोजगार म्यादी बीमा गर्नेहरु सात लाख १२ हजार १७८ जना रहेका छन् । बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार कूल जीवन बीमा गर्नेहरुको संख्या ८३ लाख ९७ हजार ७५५ जना रहेका छन् ।

बीमा समितकै बैशाख महिनासम्मको तथ्याङ्क अनुसार २३ लाख ८१ हजार ४१७ वटा बीमा पोलिसी क्रियाशिल रहेका छन् । निर्जिवन बीमा पोलिसी व्यक्तिगत नभए पनि नागरिक र विभिन्न कम्पनीमा कार्यरत कर्मचारीहरुको जीवनसँग प्रत्यक्ष जोडिन आउने गर्दछ । हालसम्म बीमाको कूल जनसंख्याको झण्डै आधा जनसंख्यामा बीमाको पहुँच पुगेको सोझो तथ्याङ्कले देखाएको छ । बीमाको पहुँच गणना गर्दा दोहोरिएका नागरिकको हिसाब किताब गर्नुपर्ने हुँदा उल्लेखित बीमाको पहुँच यति नै हो भनेर एकिन गर्न सकिदैन । तर, अर्को सत्य के हो भने अर्थमन्त्रालयले सार्वजनिक गरेको २३.७ प्रतिशत बीमाको पहुँच पुगेको भन्ने तथ्याङ्क भने झुठो ठहरिन आएको छ ।

नेपाल सरकार अर्थमन्त्रालयले बीमाको पहुँच गणना गर्दा बीमा समितिबाट प्राप्त तथ्याङ्कलाई आधार बनाएर गर्ने गरेको छ । तर, बीमा समिति भन्दा बाहिर ३९ लाख जनता बीमाको दायरामा आइसकेका छन् । नेपालमा दुई वटा बीमा सम्बन्धी ऐन छन्, बीमा ऐन, २०४९ र स्वास्थ्य बीमा ऐन २०७४ क्रियाशिल छन् । स्वाथ्य बीमा ऐन २०७४ बमोजिम गठन भएको स्वास्थ्य बीमा बोर्डले ७५ वटा जिल्लामा सेवा विस्तार गरी स्वास्थ्य बीमा सेवा सञ्चालन गर्दै आएको छ । सो सेवामा जीवन बीमा पछिको दोस्रो ठूलो जनसंख्या आबद्ध भएका छन् । स्वास्थ्य बीमा बोर्डले बार्षिक अर्बौ रुपैयाँ खर्च गरेर नागरिकलाई स्वास्थ्य सुविधा दिन तथा बीमा जनचेतना जगाउने उद्देश्यले काम गर्दै आइरहेको छ ।

One thought on “एक करोड ४६ लाख बीमाको दायरामा ! नेपालमा बीमाको पहुँच कति ?

  1. राजु साह says:

    खोज पत्रकारिता, सराहनीय छ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*