नेप्से झिनो अंकले घट्दा १५ अर्ब माथीको कारोबार

२४ जेष्ठ २०७८, सोमबार १५:३९

काठमाडौं । सातोको दोस्रो दिन सोमबार नेप्से परिसूचक झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ० दशमलव २१ अंकले घटेर २९०६.७० विन्दुमा पुगेको छ । जुन हिजोको तुलनामा आज थोरै गिरावट आएको हो ।

आज २२१ कम्पनीले ३ करोड ५४ लाख ७४ हजार ४१४ कित्ता शेयर किनबेच गर्दा १५ अर्ब ८१ करोड ८६ लाख ५९ हजार ६३ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै नेप्सेको समूहमा रहेको १३ उपसूमह मध्ये आज ६ समूह बाहेकका सबै समूहमा आज हरियाली छाएको छ । सबैभन्दा उच्च कारोबार गर्ने समूहमध्ये विकास बैंक समूह रहेको छ । उक्त समूहमा सर्वाधिक २६०.०६ अंले बढेर उच्च कारोबार भएको हो । लगत्तै जलविद्युत् समूहमा ९१.६५ अंक, वित्त समूहमा १६२.९४ अंक, निर्जीवन बीमा समूह ३१.६५ अंक, जीवन बीमा समूह १६.०४ अंक र म्युचुअल फण्ड समूहमा ०.०१ अंक बढेर हरियाली छाएको छ ।

त्यस्तै आज ६ वटा समूह भने राताम्य भएका छन् । बैकिङ समूहमा ३१.७४ अंक, व्यापार समुहमा ९२.२७ अंक, होटल तथा पर्यटन समूहमा ४२.४९ अंक, उत्पादन तथा प्रशोधन समूहमा २१.२ अंक, लघुवित्त समूहमा २२.४३ अंक र लगानी समूहमा ०.१ अंकले गिरावट आई राताम्य भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*