नेपाल राष्ट्र बैंकद्धारा १ अर्ब ७८ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी

२४ जेष्ठ २०७८, सोमबार १५:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा लगानी गर्ने निर्णय गरेको छ । बैंकले १ अर्ब ७८ करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।

बैंकले सो रकम बैंक तथा वित्तीय संस्थामा एकवर्षे मुद्दती निक्षेपमा लगानी गर्न लागेको जनाएको छ । बैंकका अनुसार उपदान तथा पेन्सन जस्ता कोषमा रहेको उक्त रकम आउँदो असार १ गतेदेखि अर्को वर्ष अर्थात् २०७९ असार १ गते सम्म एक वर्षे मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।

जसमध्ये बैंकले १ अर्ब ४२ करोड ४० लाख रुपैयाँ वाणिज्य बैंकको मुद्दतीमा राख्ने, विकास बैंकमा २६ करोड ७० लाख रुपैयाँ र वित्त कम्पनीहरूमा ८ करोड ९० लाख रुपैयाँ बराबरको रकम लगानी गर्ने जनाएको छ ।

राष्ट्र बैंकका अनुसार बैंकहरूले चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाई जेठ २५ गते दिउँसो ५ बजेभित्र पेश गर्न सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*