सर्वाधिक कारोबारको सूचिमा बैंकहरुको बर्चश्व, हेरौं आजका १० कम्पनीको कारोबार

२४ जेष्ठ २०७८, सोमबार १५:५४

काठमाडौं । साताको दोस्रो दिन नेपाल स्टक एक्सचेन्जमा बैंकहरु सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचिमा परेको छ । सोमबार सर्वाधिक कारोबार हुने १० कम्पनीको सूचिमा ७ वटा बैंक परेका छन् ।

मेगा बैंक, लुम्बिनी बैंक, कैलाश विकास बैंक, एनएमबी बैंक लगायतका सात वटा बैंकको मात्रै सवा दुई अर्बभन्दा बढिको कारोबार भएको छ । केही दिनदेखि धेरै नै कारोबार भइरहेको लुम्बिनी विकास बैंकको ४३ करोड, कैलाश विकास बैंक ३४ करोड, एनएमबी बैंक ३३ करोड, ज्योति विकास बैंक र एनसीसी बैंकको ३१ करोड, मेगा बैंकको ३० करोड र कैलाश विकास बैंकको २८ करोडको शेयर कारोबार भएको छ ।

सोमबार नेपाल पुनर्बीमा कम्पनीको ६२ करोड १७ लाख २९ हजार ४३ रुपैयाँको कारोबार भएको छ । नेपाल पूर्वाधार बैंक (निफ्रा) को ४६ करोड ६२ लाख ८८ हजार २१ रुपैयाँको शेयर कारोबार भएको छ । सोमबार नेशनल हाइड्रोपावर कम्पनीको ४३ करोडको कारोबार भएका छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*