१६ कम्पनीको शेयर मूल्य बढ्दा सर्किट, यी हुन आज धेरै कमाउने कम्पनी

२४ जेष्ठ २०७८, सोमबार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा सोमबार १६ वटा कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ । सर्किट लागेका कम्पनीहरुकै धेरै शेयर कारोबार भएको भने होइन । यद्यपि मूल्य बृद्धिका लागि यीनै १६ वटा कम्पनीको मुख्य भूमिका भने रहेको छ ।

सोमबार पोखरा फाइनान्सउ, सेन्ट्रल फाइनान्स, आईसीएफसी वित्तीय संस्था, कैलाश विकास बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स, गुडविल फाइनान्स, जानकी फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, गोर्खाज फाइनान्स, मञ्जुश्री फाइनान्स, समृद्धि फाइनान्स, रिलायन्स फाइनान्सको शेयर मूल्य १० प्रतिशतले बृद्धि हुँदा सर्किट लागेको छ ।

त्यस्तै, आज सर्किट लाग्ने कम्पनीहरुमा रिढी हाइड्रोपावर, नेशनल हाईड्रोपावर, युनियभर्सल पावर, दिव्यश्वरी पावर कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ ।

सोमबार धेरै गुमाउनेको सूचिमा सबैभन्दा माथि लक्ष्मी बैंक परेको छ । सो बैंकको शेयर मूल्य ३.५८ प्रतिशतले घटेको छ । त्यस्तै, नारायणी विकास बैंकको शेयर २.९ प्रतिशत र सनराईज बैंकको २.७१ र कुमारी बैंकको शेयर मूल्य २.६७ प्रतिशतले घटेको छ । सोमबार घटेका कम्पनीहरुमा सिभिल बैंक, सिटिजन्स बैंक, साल्ट ट्रेडिङ, नेपाल बंगलादेश बैंक र गणपति माइक्रोफाइनान्स कम्पनी रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*