नेपाल पुनर्बीमा कम्पनीले बजार पुँजीकरणमा नेपाल टेलिकमलाई उछिन्यो

२४ जेष्ठ २०७८, सोमबार १९:३०

काठमाडौं । आज (सोमबार)  नेपाल पुनर्बीमा कम्पनीले बजार पुँजीकरणमा नेपाल टेलिकमलाई उछिनेको छ ।कम्पनीको शेयरमूल्य बढेर नेपाल टेलिकमको घट्दा सबैभन्दा धेरै बजार पूँजीकरण भएको नेपाल टेलिकमलाई पुनर्बीमा कम्पनीले उछिनेको हो।

शेयर बजारमा चुक्ता पूँजी र शेयरमूल्य उच्च रहँदै गर्दा नेपाल टेलिकमले धेरैजसो समय आफुलाई पहिलो स्थानमा राख्दै गर्दा दोस्रो देखि दशौं स्थानमा भने हरेक साता ठूला कम्पनीहरुमा आउने उतार चढावका कारण उकालो लाग्ने र ओरालो लाग्ने भईरहेको हुन्छ ।आज नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता २६ रुपैयाँले बढेर १ हजार ९ सय १ रुपैयाँ पुग्दा कुल बजार पूँजीकरण १ खर्ब ९० अर्ब १० करोड रुपैयाँ पुगेको छ।

त्यस्तै, सदाझै बजार पुँजीकरणमा अग्रस्थान रहिरह्ने नेपाल टेलिकमको शेयरमूल्य प्रतिकित्ता १२ रुपैयाँले घट्दा १ हजार २६५ रुपैयाँमा झरेको हो । शेयरमूल्य घटेसँगे टेलिकमको बजार पूँजीकरण १ खर्ब ८९ अर्ब ७५ करोडमा सीमित भएको हो । कम्पनीको शेयरमूल्य घटेसँगै नेपाल पुनर्बीमा कम्पनीले बजार पूँजीकरणमा नेपाल टेलिककलाई उछिनेको हो ।

तेस्रो बजार पूँजीकरणमा नबिल बैंक रहेको छ । आज बैंकको बजार पुँजीकरण १ खर्ब ७७ अर्ब रहेको छ । चौथौ स्थानमा नेपाल लाइफको १ खर्ब ४९ अर्ब र पाचौं स्थानमा नागरिक लगानी कोषको १ खर्ब २३ अर्ब रुपैयाँ रहेको छ ।

त्यस्तै, नेपाल इन्फ्रास्ट्रक्चर बैंकको १ खर्ब १४ अर्ब, ग्लोबल आइएमई डिबेञ्चर ८०।८१ को १ खर्ब ८ अर्ब, एनआईसी एशिया बैंकको १ खर्ब ५ अर्ब रुपैयाँ रहेको छ ।ग्लोबल आईएमई बैंक ९८ अर्ब ६४ करोड सहित नवौं स्थानमा रहँदा अपर तामाकोशी ८४ अर्ब २९ करोड बजार पूँजीकरण सहित दशौं स्थानमा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*