आजदेखि राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र बिक्री खुला, कति पाईन्छ ब्याजदर ?

२५ जेष्ठ २०७८, मंगलवार ०७:११

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आजेखि ८ दशमलव ५ प्रतिशत आरबीबीएल डिबेन्चर,२०८३ नामको ऋणपत्र बिक्री खुला गरेको छ। बैंकले ६ वर्ष अवधि भएको वार्षिक ८ दशमलव ५० प्रतिशत ब्याजदर भएको कुल २ अर्ब ५० करोड रुपैंया (२५ लाख कित्ता) मूल्य बराबरको ऋणपत्र बिक्री गर्न लागेको हो ।

बैंकको ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ । प्रतिकित्ता १ हजार दरका कुल २५ लाख कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात १५ लाख कित्ता व्यक्तिगत तबरबाट संगठित संस्थाहरुलाई बिक्री गरिने भएको छ।

ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक ‘एनआईबिएल एस क्यापिटल ’ र निष्काशनकर्ता कम्पनी ‘राष्ट्रिय वाणिज्य बैंक ’को आपसी सहमतिमा बिक्री वितरण गरिने छ । साथै, सर्वसाधारणका लागि छुट्याईएको ४० प्रतिशत अर्थात १० लाख कित्ता सर्वसाधारण नेपालीकालागि सार्वजनिक निष्काशनबाट ऋणपत्र बिक्री गरिनेछ ।

बैंकले छिटोमा जेठ २८ गते र ढिलोमा असार ८ गतेसम्म बिक्रीमा रहने यस ऋणपत्र खरिदका लागि न्युनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*