एनसीसी बैंकको कोहलपुर शाखा प्रमुख पाण्डेको कोरोनाबाट निधन

२४ जेष्ठ २०७८, सोमबार २१:१२

काठमाडौं । बैंकिङ क्षेत्रमा निकै मेहनत गर्दै अघि बढिरहेका एनसीसी बैंकको बाँकेस्थित कोहलपुर शाखाका प्रमुख राजु पाण्डेको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ ।

तिलोत्तमा–९, बुटवल निवासी पाण्डेले एनसीसी बैंकमा उत्कृष्ट कार्य गर्दै आइरहेको बेला यही जेठको पहिलो साता कोरोना भाइरसको संक्रमण भएको थियो ।

पछिल्लो समय बैंक तथा बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुलाई कोरोना संक्रमण बढ्दो छ । अत्यावश्यक सेवा अन्तर्गत सञ्चालित बैंकमा सर्वसाधारणलाई सेवा प्रवाह गर्न खटिएका पाण्डेको कोरोना संक्रमणबाट निधन भएपछि सो बैंकको कोहलपुर शाखा स्तब्ध बनेको छ ।

One thought on “एनसीसी बैंकको कोहलपुर शाखा प्रमुख पाण्डेको कोरोनाबाट निधन

  1. आयुश लामा says:

    हार्दिक श्रद्धाञ्जली !!

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*