स्वास्थ्य बीमालाई वैज्ञानिक र गतिशिल बनाउछुः मन्त्री तामाङ

२५ जेष्ठ २०७८, मंगलवार ११:२३

काठमाडौं । नव नियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले स्वास्थ्य बीमालाई उच्च प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । मन्त्रीको कार्यभार सम्हालेपछि हिजो आयोजना गरेको पत्रकार सम्मेलनमा उनले स्वास्थ्य बीमालाई वैज्ञानिक र थप गतिशिल बनाउने घोषणा गरेका छन् ।

मन्त्री तामाङले स्वास्थ्य बीमाका कारण आम सर्वसाधारणले उपचारमा ठूलो राहत पाएकोले राष्ट्रिय अभियानको रुपमा अघि बढाउने बताए । उनले स्वास्थ्य बीमा प्रभावकारी बनाउन सकेमा आम जनताले स्वास्थ्य उपचारको जोखिम राज्यका काँधमा सर्ने हुँदा यसको कार्यान्वयन निकै महत्वपूर्ण रहेको समेत बताए ।

पत्रकार सम्मेलनमा मन्त्री तामाङले नेपालमा फैलिरहेको कोरोना भाइरस नियन्त्रण पहिलो प्राथमिकताका साथ काम गर्ने र दुरदराजदेखि शहरका जनताको स्वास्थ्य सेवा सहज पहुँच पुर्याउनुपर्ने बताए ।

मन्त्री तामाङ्ले कोरोना महामारीको तेस्रो लहरमा कोरोनाबाट बालबालिका बढी प्रभावित हुने सम्भावना भएकोले सबै प्रदेशमा भौतिक तथा जनशक्ति पूर्वाधार तयारी गरिरहेको बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*