निषेधाज्ञामा भेटेरिनरी एशोसिएसनको निःशुल्क हटलाइन सेवा, पशु चिकित्सकसँग सजिलै परामर्श लिन सकिने

२५ जेष्ठ २०७८, मंगलवार १२:४३

काठमाडौं । नेपाल भेटेरिनरी एशोसिएसनले किसानको समस्यालाई मध्यनजर गर्दै निःशुल्क हटलाइन सेवा सुरु गर्ने भएको छ ।

निषेधाज्ञाको समयमा किसानका पशुपन्छी सम्बन्धि समस्यालाई उजागर गर्ने हेतुले निशुल्क हटलाइन सेवा ल्याउने निर्णय गरेको हो ।
एशोसिएसनका अनुसार मंगलबारदेखि ११५९ नम्बरमा डायल गरेर किसानले आफ्ना समस्या राख्न सक्नेछन् । निम्बसको सहकार्यमा संचालमा ल्याएको सो हटलाईनमा उपलब्ध भएका पशु चिकित्सकले किसानको समस्या समाधानका लागि प्रयास गर्ने एशोसिएसनले जनाएको छ ।

एशोसिएसनका अनुसार सो हटलाईन सेवा अत्यावश्यक अवस्थामा हप्ताका सातै दिन २४ सै घण्टा उपलब्ध गराइएको छ ।
पछिल्लो समय पशुपालनमा किसानहरु उत्प्रेरित भइरहेका छन् । तर नेपाल सरकारको नियमित पशु सेवा प्रसार पहुँच करिब ३० प्रतिशत किसानसँग मात्रै रहेको छ । यसैका बावजुत पनि अन्य ग्रामिण भेग अर्थात पहुँच नपुगेका किसानहरुका लागि यो हटलाइन सेवा प्रभावकारी हुन सक्ने एशोसिएसनको भनाई छ ।

एशोसिएसनका अनुसार प्रादेशिक कमिटीहरुबाट टेलि मेडिसिन परामर्श सेवा संचालन गरेको छ । टेलि मेडिसिन परामर्श सेवाका लागि एशोसिएसनले देशभरिबाट करिब ३ सय पशु चिकित्सकहरुको सम्पर्क नम्बर समेत सार्वजनिक गरेको छ । साथै टेलि मेडिसिन परामर्श भिडियो र अडियो माफर्त हुने जनाएको छ ।

निषेधाज्ञाका समयमा पशु चिकित्सकहरुसँग परामर्श लिन र पशुसम्बन्धी विभिन्न ज्ञान लिन यो हटलाईन सेवा सूचारु गर्न लागेको एशोसिएसनले जनाएको छ । यस लकडाउनको अवधिमा कृषकहरु चिकित्सकसँग प्रत्यक्ष पुगेर परामर्श लिन असमर्थ हुने भएको कारण सो हटलाईन प्रयोग गरी फाईदा लिन सक्ने र घरेलु उपचार वा व्यवस्थापकीय पक्षमा प्राविधिक परामर्शले फाइदा पुग्ने एशोेसिएसनले बताएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*