एलआईसी नेपालको २० लाख १० हजार कित्ता शेयर नेप्सेमा सूचिकृत

२५ जेष्ठ २०७८, मंगलवार १४:१२

काठमाडौं । लाइफ इन्स्यारेन्स कर्पोरेशन (एलआईसी) नेपालको २० लाख कित्ता बोनस शेयर आजदेखि नेप्सेमा सूचिकृत भएको छ । कम्पनीले आव २०७५।०७६ मा आर्जित मुनाफाबाट वितराण् गरेको चुक्ता पुँजिको १० प्रतिशत २० लाख १० हजार कित्ता लाभांश बापतको बोनस शेयर साधारणसभाबाट पारित भई नेप्सेले आजदेखि सूचिकृत गरेको हो ।

सूचीकृत भएको शेयर शेयरधनीले आफ्नो डिम्याट खातामा प्राप्त भएपछि धितोपत्रको दोस्रो बजारमा खरीद बिक्री गर्न सक्नेछन् । सो कम्पनीको गत फागुन २५ गते सम्पन्न १८ औँ साधारण सभाबाट उक्त बोनस शेयर पारित भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*