सेबोनको २९ औं वार्षिकत्सोव वेबिनार मार्फत् सम्पन्न, पुँजी बजारलाई अझ विस्तार गर्ने अर्थमन्त्रीको भनाई

२५ जेष्ठ २०७८, मंगलवार १४:५९

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को २९ औं वार्षिकोत्सव सम्पन्न भएको छ । बोर्डले आज (जेठ २५) गते बिहान १०ः३० बजे उपप्रधानमन्त्री तथा अर्थमन्त्रीको आतिथ्यतामा वेबिनार मार्फत वार्षिकत्सोव सम्पन्न गरेको हो ।

निषेधाज्ञाका कारण प्रत्यक्ष उपस्थित भई वार्षिकोत्सव कार्यक्रम आयोजना गर्न असमर्थ भएको कारण सेबोनले वेबिनार मार्फत् नै वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा उपस्थित उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारप्रति लगानीकर्ताको विश्वासका कारण पुँजी बजारमा आकर्षण बढेको बताएका छन् ।

सो अवसरमा बोल्दै अर्थमन्त्री पौडेलले पुँजी बजारमा पछिल्लो समय आकर्षण बढिरहेको बताउँदै भने ‘यसलाई मैले सरकारप्रति लगानीकर्ताको विश्वासका रूपमा लिएको छु ।’ उनले भने, ‘लगानीका क्षेत्र अझै बिस्तार गर्दै लैजानुपर्ने छ,’ र ‘यसका लागि बजेटमा केही महत्वपूर्ण दृष्टिकोणहरु अगाडि सारेका छौं ।’ साथै उनले पुँजी बजारलाई अझ बिस्तार गर्दै लैजानुपर्ने समेत बताए ।

कार्यक्रममा धितोपत्र बोर्डका पूर्वअध्यक्षहरु, नेप्से, सिडिएसि, क्रेडिट रेटिङ्ग संस्थाहरु, मर्चेन्ट बंैकर एसोशिएसन नेपाल, स्टक ब्रोकर एसोशिएसन, लगानीकर्ता संघसंस्था, सुभेच्छुक लगायत सम्बन्धित सम्पूर्ण पक्षहरु वेबिनार मार्फत गरिएको कार्यक्रममा सहभागी रहेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*