चम्कियो नेप्से, एकै दिन ५३ अंकले मूल्यपरिसूचक बढ्दा १७ अर्बको कारोबार

२५ जेष्ठ २०७८, मंगलवार १५:०८

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्जमा उछाल आएको छ । नेप्से परिसूचक ५३.४४ अंकले बृद्धि भएको छ । नेप्सेले आज पनि ऐतिहासिक रेडर्क राखेको छ । नेप्से परिसूचक २९६०.१४ अंकमा पुगेको छ । यो बिन्दु आजसम्मकै सबैभन्दा उच्च हो ।

बुधबार कूल १६ अर्ब ९५ करोड १३ लाख २० हजार रुपैयाँको कारोबार भएको छ । कूल २१८ वटा कम्पनीको तीन करोड ९५ लाख कित्ता भन्दा बढि शेयर खरिद बिक्री भएको छ ।

नेप्सेमा केहीदिनदेखि उछाल आउने क्रम जारी छ । आज हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । नेपाल पुनर्बीमा कम्पनी सर्वाधिक कारोबार हुने कम्पनीको सूचिमा परेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*