१० कम्पनीमा किन झुम्मिए लगानीकर्ता ? यी हुन सर्वाधिक कारोबार हुने कम्पनी

२५ जेष्ठ २०७८, मंगलवार १५:२०

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेन्जमा नेपाल पुनर्बीमा कम्पनीमा लगानीकर्ताहरु झुम्मिएका छन् । सो कम्पनीको आज पनि एक अर्ब भन्दा बढिको कारोबार भएको छ । केही दिनदेखि कुनै पनि कारण बिना नै मूल्यबृद्धि भइरहेको नेपाल पुनर्बीमा कम्पनीको आज एक अर्ब छ करोड ६४ लाख ६४ हजार ७२१ रुपैयाँको शेयर कारोबार भएको छ । यो साताको तीनदिनदेखि नै नेपाल पुनर्बीमा कम्पनीको शेयरमा लगानीकर्ताहरुको भिड लागेको छ ।

त्यस्तै दोस्रो स्थानमा रसुवा गढी हाइड्रोपावरमा लगानीकर्ताहरु झुम्मिएका छन् । कम्पनीको आज ४७ करोड ८२ लाख ९२ हजार १०७ रुपैयाँको शेयर कारोबार भएको छ ।

लगानीकर्ता झुम्मिएको अर्को कम्पनी हो, युनाइटेड मोदी हाइड्रोपावर कम्पनी । सो कम्पनीको ३७ करोड रुपैयाँको शेयर खरिद बिक्री भएको छ । दुई हाइड्रोपावरको शेयर मूल्यबृद्धि हुनाको कारण हकप्रद शेयर भएको जनाइएको छ ।

त्यस्तै केहीदिनदेखि सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचिमा पर्न सफल लुम्बिनी विकास बैंकको ३५ करोड रुपैयाँको कारोबार भएको छ भने निफ्राको ३३ करोड रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, गरिमा विकास बैंक र एनसीसी बैंकको समान २९ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

मुक्तिनाथ विकास बैंक र कुमारी बैंकको समान २८ करोड रुपैयाँको दरले कारोबार भएको छ । आजको सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचिमा हकप्रद निष्काशन गर्ने तयारी गरेको नेशनल हाइड्रोपावर कम्पनी पनि परेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*