रिलायन्स लाइफ इन्स्योरेन्सले माग्यो ठूलो संख्यामा कर्मचारी, शैक्षिक योग्यता कति हुनुपर्ने ?

२५ जेष्ठ २०७८, मंगलवार १५:५५

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले भ्याकेन्सि खुला गरेको छ । कम्पनीले सातै प्रदेशका लागि ठूलो संख्यामा कर्मचारी मागेको हो । कम्पनीको विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि ब्रान्च म्यानेजरको माग गरेको हो ।

कम्पनीले एक सूचना जारी गर्दै प्रदेश नम्बर १ का ९ वटा शाखा तथा उप–शाखा कार्यालय, प्रदेश २ को जलेश्वर, महोत्तरी र यधुकोहा कार्यालय, वागमती प्रदेशको हाकिम चोक र भरतपुर कार्यालय, गण्डकी प्रदेशको बिरौटा र पोखरा कर्याालय, लुम्बिनी प्रदेशको बर्दघाट, नवलपरासी, सन्धीखर्क, अर्घाखाची, मणिग्राम, बुटवल, श्रीनगर, सल्यान, रोल्पा, लिबांग, भलुबांङ र भालुवाङ, दाङ कार्यालय, कर्णली प्रदेशको मेहलकुना कार्यालय, सुदूरपश्चिम प्रदेशको झलरी र कंचनपुर, भंजनी कार्यालयका लागी ठूलो संख्यामा कर्मचारी माग गरेको हो ।

कम्पनीले सो पदका लागि आवेदन दिन शैक्षित योग्यता समेत तोकेको छ । कम्पनीको ब्रान्च म्यानेजर पदमा योग्य ठहरिन विश्वविद्यालयबाट मान्यता प्राप्त न्युनतम स्नातक तह उत्तिर्ण हुनुपर्ने शैक्षिक योग्यता तोकेको हो । साथै जीवन बीमा, बैंक तथा वित्तीय संस्था, लघुवित्त तथा अन्य क्षेत्रमा कार्यानुभव भएको आवेदकहरुलाई प्राथमिकता दिईने कम्पनीले जनाएको छ ।

ईच्छुक योग्यता पुगेका नेपाली नागरिकले विज्ञापन प्रकातिश भएको मिति देखि ७ दिनभित्र आवेदन दिन सक्ने कम्पनीले जनाएको हो ।

 

कम्पनीले जारी गरेको सूचना ः

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*