हिमालयन जनरल इन्स्योरेन्ससहित ३३ कम्पनीको शेयर मूल्यमा सर्किट, नेप्सेमा आज धेरै कमाउने र गुमाउनेहरुको सूचि

२५ जेष्ठ २०७८, मंगलवार १५:५१

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा मंगलबार पहिलो नम्वरमा पोजेटिभ सर्किट लाग्ने कम्पनी हिमालयन जनरल इन्स्योरेन्स कम्पनी बनेको छ । सो कम्पनीको शेयर मूल्यमा १० प्रतिशत सर्किट लागेर ८०० बाट ८८० पुगेको छ ।

मंगलबार नेप्सेमा कूल ३३ कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ । तीन कम्पनीको शेयर मूल्य सर्किट नकिज पुग्ने गरी ९ प्रतिशतभन्दा बढिले बृद्धि भएको छ ।


आज सर्वाधिक मूल्यबृद्धि हुने कम्पनीको सूचिमा गोर्खा फाइनानस परेको छ । सो कम्पनीको शेयर मूल्य ११६ रुपैयाँले बृद्धि भई १२७६ पुगेको छ । त्यस्तै, श्री इन्भेष्टमेन्ट फाइनान्सको शेयर मूल्य ४३ रुपैयाँले बृद्धि भई ४७३ पुगेको छ । सो कम्पनीको शेयर मूल्य पनि १० प्रतिशतको सर्किट लाग्न पुगेको छ । त्यस्तै जानकी फाइनान्सको शेयर मूल्य पनि उच्च अंकले बृद्धि भएको छ । अन्य सर्वाधिक मूल्यबृद्धि हुने कम्पनीहरुमा सांग्रिला विकास बैंक, मुक्तिनाथ विकास बैंक, ग्रिन डेभलपमेन्ट बैंक, ज्योति विकास बैंक, कर्णाली विकास बैंक र प्रोगेशिभ फाइनान्स कम्पनी रहेका छन् । आज सर्किट लागेका अधिकांश कम्पनीहरुमा विकास बैंक, फाइनान्स कम्पनी र जलद्यिुत कम्पनीहरु रहेका छन् ।

त्यस्तै आज सर्वाधिक गुमाउने कम्पनीहरुमा मेरो माइक्रो फाइनान्स कम्पनी, हिमाल दोलखा हाइड्रोपावर, सामुदायिक लघुवित्त र मिथिला लघुवित्तको शेयर दुई प्रतिशतले घटेको छ । आज गुमाउन कम्पनीहरुको सूचिमा निफ्रा, महिला लघुवित्त, सिभिल लघुवित्त, निर्धन उत्थान बैंक लगायतका कम्पनीहरु रहेका छन् ।


आज कुनै पनि लगानीकर्ताले २.८५ प्रतिशतभन्दा बढिले गुमाउनु परेको छैन भने ३३ वटा कम्पनी लगानीकर्ताले सर्वाधिक कमाएका छन् । मंगलबार कूल ६० वटा कम्पनीको शेयर मूल्य घटेको छ भने १५० वटा कम्पनी तथा सामूहिक लगानी कोषको मूल्य बढेको छ । बाँकी कम्पनीको स्थिर कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*