लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका संस्थापक कर्माचार्यको निधन

२५ जेष्ठ २०७८, मंगलवार १६:०६

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका संस्थापक रमेश कर्माचार्यको निधन भएको छ । पोखरा निवासी कर्माचार्यको यही जेठ १३ गते निधन भएको हो ।

२०१३ साल असोज २१ गते जन्मिएका कर्माचार्यको काठमाडौंमा निधन भएको हो ।

पोखरा उद्योग बाणिज्य संघको भुपु अध्यक्ष सो क्षेत्रका व्यवसायी, समाजसेवी तथा सांस्कृतिकर्मी समेत हुन् । उनले पोखरामा हिमचुली विकास बैंक संस्थापना गरेका थिए भने लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका समेत संस्थापक सदस्य हुन् । पछिल्लो समय उनी काठमाडौंको टेकुमा बस्दै आएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*