सूर्या लाइफमा सिईओ नियुक्तीको फाइल बीमा समितिबाट स्वीकृत, खड्का नयाँ सिईओ बन्दै

२५ जेष्ठ २०७८, मंगलवार १७:२७

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले बीमा समितिमा नयाँ सिईओ नियुक्तीका लागि पेश गरेको फाइल आज स्वीकृत भएको छ । कम्पनीको सञ्चालक समितिले हाल निमित्त सिईओको जिम्मेवारीमा रहेको डेपुटी सिईओ पवन खड्कालाई सिईओ बनाउन अनुमति माग्दै निवेदन दिएको थियो ।

समितिले सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा पवन कुमार खड्कालाई चार वर्षका लागि नियुक्त गर्न अनुमति दिएको हो । अब खड्कालाई कम्पनीको सञ्चालक समितिले आजैदेखि लागू हुने गरी सिईओमा नियुक्त गर्ने सो कम्पनीले जनाएको छ ।

कम्पनीको जेष्ठ १३ गते बसेको संचालक समितिको बैठकले खड्कालाई कम्पनीको सिईओमा नियुक्त गर्न बीमा समितिमा प्रस्ताब गरेको थियो । बेलायती बोर्डबाट चार्टर्ड एकाउन्टेन्ट उत्तिर्ण गरेका खड्का व्यवस्थापनमा स्नातकोत्तर गरेका अनुभवी बीमा प्रशासक हुन् । यसअघि नेपाल लाइफमा काम गरेको अनुभव सहित सूर्या लाइफमा डेपुटी सिईओमा कार्यरत रहँदै आएकोमा शिवनाथ पाण्डेले राजिनामा दिएपछि सिईओ पद रिक्त थियो ।

नेपाली जीवन बीमा क्षेत्रमा नयाँ प्रयोग गर्न रुचाउने खड्काले सूर्या लाइफलाई नयाँ उचाईमा पुर्याउन टिमवर्कमा काम गर्ने बताउँदै आएका छन् । उनले बीमित र बीमक दुवैको हित हुने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*