पुँजीबजारको आकर्षण सरकारप्रतिको विश्वास : उपप्रधान तथा अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजी बजारमा आकर्षण र लगानी बढ्नुलाई सरकारप्रति लगानीकर्ताको विश्वासका रुपमा लिएको बताएका छन् ।
नेपाल धितोपत्र बोर्डको २९ औं वार्षिकोत्सव कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लगानीकर्ताको लगानी सुरक्षित हुने गरी पूँजी बजारको विस्तार हुने वातावरण तयार पार्न बोर्डलाई निर्देशन दिएका हुन् ।उपप्रधान तथा अर्थमन्त्री पौडेलले बजेटमा उल्लेख गरिएको वस्तु विनिमय बजार सुरु गरेन तथा कमीकमजोरी हटाइ बोर्डलाई गतिशिल बनाउन पनि निर्देशन समेत दिएका छन् ।