डिस होम र प्रभु टिभी मर्जरमा जाने, आईपिओ के हुन्छ ?

२६ जेष्ठ २०७८, बुधबार १०:४५

काठमाडौं । डिसहोम र प्रभु टिभी मर्जरमा जाने भएका छन् । डिसहोमले प्रभु टिभीलाई एक्वायर गरी आपसमा गाभिने भएका छन् । सिम टिभीलाई गाभेको डिसहोमले अब प्रभु टिभीलाई समेत गाभ्न लागेको हो । प्रभु ग्रुपले सञ्चालन गर्दै आएको प्रभुलाई उसकै लगानी समेत रहेको डिसहोममा गाभ्न लागेको हो । डिस होममा मेजर शेयर चन्द्र ढकाल तथा देवी प्रसाद भट्टचन ग्रुप तथा अन्य व्यापारिक समुहको लगानी रहेको छ ।

आगामी एक महिना भित्रमा प्रभु टिभीलाई एक्वायरसम्बन्धी सबै काम सक्ने गरी प्रक्रिया सुरु भएको डिसहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यले जानकारी दिए । डिस होमका अनुसार प्रभु टिभीका ग्राहकले डिस होमका सेवा समेत पाउने गरी आपसमा मर्जरमा जान लागेको जानकारी दिए ।

डिसहोमले डिटिएच प्रविधिबाट टेलिभिजन र फाइबर इन्टरनेट सेवा दिँदै आएको छ । प्रभु टिभीले भने टोरेस्टेरियल विधिमार्फत टेलिभिजन र इन्टरनेट सेवा दिँदै आएको थियो । डेढ लाभन्दा बढि ग्राहक भएको प्रभु टिभीलाई एक्वाएर गरेपछि डिस होमको ग्राहक संख्या १९ लाख पुगेको जनाइएको छ ।

डिस होमले प्रभु टिभीलाई एक्वाएर गरेपछि कम्पनीको चुक्ता पुँजि बृद्धि भई आईपिओ समेत बढ्नेछ । डिस होमले २३ लाख ८५ हजार ९२९ कित्ता आईपिओको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएकोमा स्वीकृत भइसकेको छैन । अब चुक्ता पुँजि बृद्धि हुने भएकोले आईपिओ समेत बृद्धि भएर आउनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*