स्वावलम्बन लघुवित्तको संस्थापक शेयर लिलामीमा

२६ जेष्ठ २०७८, बुधबार ११:२४

काठमाडौं । स्वावलम्बन लघुवित्तको संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला हुने भएको छ । कम्पनीले १ लाख ९० हजार ६५२ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गर्ने भएको हो ।उक्त शेयरमा लगानीकर्ताले २९ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । उक्त शेयरको न्यूनतम मूल्य ७ सय ५१ तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ ।

यो शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्तासम्म आवेदन दिन सकिन्छ भने अधिकतम शेयर संख्याका लागि कुनै हद नलाग्ने कम्पनीले जानकारी दिएको छ ।कम्पनीको शेयर विक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*